सूचना प्रविधि

बेदिङमा टेलिकमको मोबाइल सेवा

कान्तिपुर संवाददाता , जेष्ठ ५, २०७४
नेपाल टेलिकमले सगरमाथा आरोहीहरूको गाउँ भनेर चिनिने दोलखाको बेदिङमा बीटीएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका ८४ घरधुरीका करिब पाँच सय बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटकहरू लाभान्वित हुने जारी विज्ञप्तिमा उल्लेख छ । सेवा सुचारु भएपछि जनता उत्साहित भएको पाइएको टेलिकमले जनाएको छ ।
पूरा पढ्नुहोस्

एनटीसीको अफर

कान्तिपुर संवाददाता , जेष्ठ ४, २०७४
टेलिफोन सेवा सुरु भएको सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहक लक्षित नयाँ अफर ल्याएको छ । यो अफर २०७४ साउन २८ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।
पूरा पढ्नुहोस्

स्मार्ट फोनको बढी प्रयोगले...

वैशाख ३०, २०७४
स्मार्ट फोनलगायतका ग्याजेटको बढी उपयोगले किशोर– किशोरीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुने जोखिम बढ्छ । उनीहरूमा एकाग्रता, आत्मनियन्त्रण र व्यावहारिकताको अभाव हुँदै जान्छ ।
पूरा पढ्नुहोस्

पृथ्वीदेखि अन्तरिक्षसम्म नासा स्पेस एप्स च्यालेन्ज

हेलो शुक्रबार, वैशाख २९, २०७४
६९ देशको १ सय ७ सहर । अमेरिकाको नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले हरेक वर्ष आयोजना गर्ने दुईदिने ह्याकाथनमा सहभागी देश र सहरको संख्यामा काठमाडौं पनि ५ वर्षयता छुटेको छैन । अर्थ (पृथ्वी) लाई मुख्य थिम राखिएको यो वर्षको ह्याकाथनमा काठमाडौंमा १८ टोली समावेश भएका थिए ।
पूरा पढ्नुहोस्

सुरक्षित घरबारे मोबाइलमै जानकारी

कान्तिपुर संवाददाता , वैशाख २६, २०७४
भूकम्प प्रविधि घर निर्माण, पुनर्निर्माण प्राधिकरणसँग सम्बन्धित नीतिगत जानकारी अब मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले सुरक्षित घर मोबाइल एप्स सुरु गरेपछि यसबारे जानकारी पाइने भएको हो ।
पूरा पढ्नुहोस्

नेपाली पुँजी बजारको जानकारी दिने एप ‘नेपाली पैसा’

कान्तिपुर संवाददाता , वैशाख २५, २०७४
नेपाली पुँजी बजारको विषयमा विविध जानकारी दिने उद्देश्यले ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसन (एप) सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्

ओप्पोको ‘सेल्फी एक्स्पर्ट एफथ्री’

कान्तिपुर संवाददाता , वैशाख २४, २०७४
ओप्पोले नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको छ । मध्यमवर्गीय उपभोक्तालाई लक्षित गरी एफथ्री बजारमा ल्याएको कम्पनीले जनाएको छ । सार्वजनिक गरिएको नयाँ फोन एफथ्रीमा डुअल फ्रन्ट क्यामेरा रहेको जारी विज्ञप्तिमा छ ।
पूरा पढ्नुहोस्

फ्रि वाइफाईदेखि फ्लाइओभर

मकर श्रेष्ठ, वैशाख २३, २०७४
घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे, ट्राफिक जाम, खानेपानीको हाहाकार, पार्क र खुला क्षेत्रको अभाव, जताततै फोहोरको डंगुर, अव्यवस्थित सार्वजनिक यातायात राजधानीका मुख्य समस्या हुन् । भूकम्पले क्षति भएको व्यक्तिगत घर, सम्पदा, विद्यालय, अन्य सार्वजनिक भवनको पुनर्निर्माण हुन सकेको छैन ।
पूरा पढ्नुहोस्

आईडीसीको सर्वेक्षणमा ओप्पो चौथौं स्थानमा

कान्तिपुर संवाददाता , वैशाख १७, २०७४
इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी)ले सन् २०१७को पहिलो त्रैमासिकका लागि स्मार्टफोन अनुगमन नतिजा प्रकाशित गरेको छ । आईडीसीद्वारा प्रस्तुत डाटाकाअनुसार विश्व बजारमा २५ दशमलव ६ मिलियन बिक्री परिमाण (सेल्स भोल्यूम) र २९ दशमलव ८ प्रतिशत इयर अन इयर ग्रोथका साथ ओप्पो सन् २०१७को पहिलो त्रैमासिकमा चौथौं स्थानमा रहेको छ ।
पूरा पढ्नुहोस्

डिजिटल हाजिरी बन्द

कान्तिपुर संवाददाता , वैशाख १७, २०७४
जिल्लाको जेठो शिक्षालय म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकहरू विद्युतीय हाजिरी मेसिन थन्क्याएर पुन: रजिस्ट्ररमा हाजिरी गर्न थालेका छन् । समय व्यवस्थापन र कर्मचारी नियमन गर्न विभिन्न कार्यालयमा विद्युतीय हाजिरी मेसिन जोड्ने लहर चलेका बेला समय छल्न र हाजिरी लुकाउन क्याम्पस प्रशासनले नयाँ वर्षदेखि विद्युतीय हाजिरी (फिंगर प्रिन्ट सिस्टम प्रयोग) विस्थापन गरेको हो ।
पूरा पढ्नुहोस्

विकिपिडिया टर्कीमा प्रतिबन्ध

एएफपी, वैशाख १७, २०७४
टर्कीले शनिबार विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाले शनिबार जनाएको छ । टर्कीले राष्ट्रिय सुरक्षा एवं राज्यविरोधी गतिविधिमा प्रयोग भएको कुनै पनि वेबसाइटमाथि प्रतिबन्ध लगाउन सकिने कानुनी प्रावधान भएअनुसार विकिपिडिया टर्कीको हितमा नभएको भन्दै विकिपिडिया अनलाइन विश्वकोषमाथि प्रतिबन्ध लगाइएको हो ।
पूरा पढ्नुहोस्