खेलकुद

मनाङ मर्स्याङ्दीले बंगलादेशमा खेल्ने

कान्तिपुर संवाददाता , माघ ६, २०७३
मनाङ मस्र्याङदीले अर्को महिना बंगलादेशमा हुने ‘शेख कमल इन्टरनेसनल क्लब कप’ फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ । बंगलादेश फुटबल महासंघले आयोजना गर्ने शेख कमल कपमा सहभागी हुन आएको निमन्त्रणामा मनाङलाई सिफारिस गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक महासचिव सन्जिव मिश्रले बताए ।
पूरा पढ्नुहोस्

वेदले जिते बतासे ट्रेल

कान्तिपुर संवाददाता , माघ ६, २०७३
बतासेमा ‘रन फर रिकभरी’ भन्ने नारासहित भएको अल्ट्रा ट्रेल रनमा रामेछापका वेदबहादुर सुनुवार विजेता भएका छन् । फ्रेन्ड्स अफ हिमालयन चिन्ड्रेनले आयोजना गरेको दौडको ६५ किलोमिटर दूरीमा वेदबहादुर च्याम्पियन हुँदा जुम्लाका दीपेन्द्र बल र गोरखाका सुजल गुरुङ दोस्रा र तेस्रा भए ।
पूरा पढ्नुहोस्

रिड र एपीएफको शैली

कान्तिपुर संवाददाता , माघ ६, २०७३
दाबेदार टिम एपीएफ क्लब र रिड मोडल कलेज दुवै टिम १२ औं ढोरपाटन डबल लिग महिला भलिबलको दोस्रो चरणमा बुधबार विजयी भएका छन् । दुवै ३३ अंक जोडेर पहिलो दुई स्थानमा छन् । त्यसमा एपीएफले एक खेल बढी खेलेको छ ।
पूरा पढ्नुहोस्

नवलपुरमा फुटबल सुरु

कान्तिपुर संवाददाता , माघ ६, २०७३
नवलपुर बाडेगाउँ डडुवामा प्रथम क्षेत्रीय डब्लुटीएफ नवलपुर युनाइटेड फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार आयोजक ‘ए’ ले तालामाराङलाई ३–० ले पराजित गर्‍यो ।
पूरा पढ्नुहोस्

मुरेलाई चोटको चिन्ता

एएफपी, माघ ६, २०७३
शीर्ष वरीयताका एन्डी मुरे बुधबार सोझो सेटमा जित्दै अस्ट्रेलियन ओपनको तेस्रो राउन्ड प्रवेश गरे । तर बेलायती विश्व नम्बर एक खेलाडीले रुसी किशोर आन्द्रे रुब्लेलाई ६–३, ६–०, ६–२ ले सहजै पन्छाउँदा गोलीगाँठोको चोटसँग चाहिँ लड्नुपऱ्यो ।
पूरा पढ्नुहोस्

एपीएफ माथि धरानको जित

भीम घिमिरे, माघ ५, २०७३
पोखरा रंगशालामा जारी आहा-रारा गोल्डकप फुटबलको प्रि-क्वार्टर फाइनल खेलमा बुधबार धरान फुटबल क्लवले सशस्त्र प्रहरीको एपीएफ टीममाथि १-० गोल अन्तरले जित दर्ता गरेको छ ।
पूरा पढ्नुहोस्

जोकोभिच र सेरेनाको दाबी सुरु

एएफपी, माघ ५, २०७३
नोभाक जोकोभिच र सेरेना विलियम्सले प्रभावशाली जितसँगै मंगलबार अस्ट्रेलियन ओपन टेनिसमा आफ्नो उपाधि दाबी सुरु गरेका छन् । इभो कार्लोभिचले पनि ७५ एसको खेल खेलेका छन् । भर्खरै मात्र शीर्ष वरीयता गुमाएका जोकोभिच र सेरेना दुवैले कठिन प्रतिद्वन्द्वी पाए पनि जित भने सहजै निकाले ।
पूरा पढ्नुहोस्

पुलिस उही शैलीमा च्याम्पियन

कान्तिपुर संवाददाता , माघ ५, २०७३
त्यही प्रतियोगिता, उही प्रतिद्वन्द्वी । क्रिजमा पनि उनै सिद्धान्त लोहनी थिए । तर स्थिति गत वर्षको जस्तो कठिन थिएन । सिद्धान्तले त्यही सट दोहोर्‍याए, जसले नेपाल पुलिस क्लबलाई लगातार दोस्रोपल्ट रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि दिलायो ।
पूरा पढ्नुहोस्

१५ औं आहा-रारा गोल्डकप फुटबल: आयोजक विजयी

कान्तिपुर संवाददाता , माघ ४, २०७३
सुदुरपश्चिम-११ धनगढीलाई ४-० को फराकिलो अन्तरले हराउँदै आयोजक सहारा क्लव १५ औं आहा-रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा विजयी भएको छ ।
पूरा पढ्नुहोस्

रुस्लान कप क्रिकेटको उपाधि पुलिसलाई

माघ ४, २०७३
नेपाल पुलिस क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।
पूरा पढ्नुहोस्

मिडिया कप फुटबल: कान्तिपुरलाई लगातार उपाधि

कान्तिपुर संवाददाता , माघ ४, २०७३
कान्तिपुर मिडिया ग्रुपले आठौं मिडिया कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार फाइनलमा डिफेन्डिङ च्याम्पियन कान्तिपुरले पूर्व विजेता इमेज च्यानललाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो । विजेता कान्तिपुरले ५० हजार तथा इमेजले २५ हजार नगद पुरस्कार जिते ।
पूरा पढ्नुहोस्

पुलिस र आर्मी फाइनल भिड्ने

कान्तिपुर संवाददाता , माघ ४, २०७३
नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको फाइनलमा फेरि भिड्ने भएका छन् । गतवर्ष पहिलो संस्करणमा पनि दुई टोलीले फाइनल खेल्दा पुलिस विजेता बनेको थियो ।
पूरा पढ्नुहोस्

उद्घाटनमा सहाराविरुद्ध सुदूर

भीम घिमिरे, माघ ४, २०७३
१५ औं आहा–रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा भिड्न लागेका आयोजक सहारा क्लब र सुदूरपश्चिम–११ एकअर्काका लागि नौला प्रतिद्वन्द्वी हुन् । यी दुईको यसअघि कुनै पनि प्रतियोगितामा भेट भएको छैन । त्यसैले मंगलबार दुवैको पहिलो परिचय पोखरा रंगशालामा हुनेछ ।
पूरा पढ्नुहोस्

‘राष्ट्रिय खेलकुद अब सहरलाई दिइने’

कान्तिपुर संवाददाता , माघ ४, २०७३
युवा तथा खेलकुद मन्त्रालयले क्षेत्रीय तहमा आयोजना हु‘दै आएको बृहत राष्ट्रिय खेलकुदलाई प्रदेशअन्र्तगतका प्रमुख सहरमा सञ्चालन गर्ने तयारी गरेको छ ।
पूरा पढ्नुहोस्

रिड मोडलको सनसनी

कान्तिपुर संवाददाता , माघ ४, २०७३
रिड मोडल कलेजको अग्रतासँगै जारी १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो चरण सोमबार सकिएको छ ।
पूरा पढ्नुहोस्