समाचार

भूकम्पपीडितका ट्याक्सी बिक्री

प्रशान्त माली, मंसिर २७, २०७४
सरकारले भूकम्पपीडितलाई नि:शुल्क नम्बर उपलब्ध गराएको ट्याक्सी ८५ प्रतिशत बिक्री भइसकेको छ । यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी शाखा एकान्तकुनाका अनुसार सिन्धुपाल्चोक, काभ्रे र दोलखाका पीडितले आफ्नो नामका ट्याक्सी नामसारी गरेका हुन् ।
पूरा पढ्नुहोस्

भगवती चौधरीलाई ५९९ मतले पछाडि पार्दै गच्छदारको अग्रता

कान्तिपुर संवाददाता , मंसिर २७, २०७४
एमाले नेतृ भगवती चौधरीको निरन्तरको अग्रता तोड्दै प्रतिनिधिसभा निर्वाचनमा सुनसरी ३ बाट कांग्रेस नेता विजयकुमार गच्छदार अगाडि बढेका छन् । मतगणनाको सुरुदेखि नै अगाडि रहेकी चौधरीलाई ५९९ मतले पछाडि पार्दै गच्छदारले अग्रता लिएका छन् ।
पूरा पढ्नुहोस्

समानुपातिक परिणाम- एमाले नै अगाडि

कान्तिपुर संवाददाता , मंसिर २७, २०७४
प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाममा पनि एमालेले अग्रता कायमै राखेको छ । मंगलबार राति ११ बजेसम्म ४५ लाख ९५ हजार ९ सय १२ मत गणना भएकोमा एमालेले १६ लाख ४५ हजार ६ सय ९७ मत प्राप्त गरेको छ । यो कुल मतको ३५.८० प्रतिशत हो । कांग्रेसले १५ लाख ५३ हजार २ सय ४९ मत ल्याएको छ । यो ३३.७९ प्रतिशत हो ।
पूरा पढ्नुहोस्

कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो

कान्तिपुर संवाददाता , मंसिर २७, २०७४
राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश जारी नहुँदा नयाँ संविधानअनुसार संघीय संसद् गठनमा अप्ठेरो हुने भएको छ । उक्त अध्यादेश जारी नभएसम्म राष्ट्रिय सभा गठन, राष्ट्रपति–उपराष्ट्रपति चुनावलगायत काम रोकिने छन् । राष्ट्रिय सभाको चुनाव बहुमतीय वा एकल संक्रमणीय मत प्रणालीअनुसार गर्ने भन्नेमा विवाद छ ।
पूरा पढ्नुहोस्

समानुपातिक सिटमा धेरै दललाई हम्मे

राजेश मिश्र, मंसिर २७, २०७४
समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन् ।
पूरा पढ्नुहोस्

सार्क बजेटबारे छलफल सुरु

कान्तिपुर संवाददाता , मंसिर २७, २०७४
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को कार्यक्रम समितिको बैठकमा सार्कको वार्षिक बजेटबारे छलफल अघि बढेको छ । सचिवालय, पाँच केन्द्र र चार निकायको बजेटबारेमा छलफल गर्न सार्कको ५४ औं कार्यक्रम समितिको बैठक काठमाडौंमा आरम्भ भएको हो ।
पूरा पढ्नुहोस्

डेनमार्कले दिल्लीबाटै हेर्ने

कान्तिपुर संवाददाता , मंसिर २७, २०७४
युरोपेली मुलुक डेनमार्कले काठमाडौंस्थित दूतावास बन्द गर्दै भारतको नयाँदिल्लीबाट नेपाललाई हेर्न थालेको छ । दिल्लीस्थित डेनिस राजदूत पिटर टाक्सोजेन्सनलाई नेपालले सहमति (अग्रिमा) समेत दिइसकेको छ ।
पूरा पढ्नुहोस्

राजधानी कहाँ ?

दुर्गालाल केसी, अमृता अनमोलमंसिर २७, २०७४
प्रदेश ५ को राजधानी कहाँ राख्ने भन्ने टुंगो लागिनसके पनि दाङमा आवश्यक भवन र संरचना खोजी गर्न थालिएको छ । बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थानले बीएएमएस अध्ययनका लागि निर्माण गरेको शैक्षिक भवनलाई मुख्य मन्त्री कार्यालयका रूपमा उपयोग गर्ने तयारी छ ।
पूरा पढ्नुहोस्

जो लगातार जित्दै आए

माधव घिमिरे, मंसिर २७, २०७४
बहुदलीय प्रजातन्त्र पुन:स्थापनापछिका सबैजसो चुनावमा जित्दै आएका कतिपय नेताहरूले यसपटक पनि जितेका छन् । निर्वाचित भएर मुलुकको कार्यकारी प्रमुख र व्यवस्थापिका प्रमुखसम्म भएका नेताहरूले पुरानै क्षेत्रबाट प्रतिस्पर्धा गर्ने अवसर पाइरहेका छन् ।
पूरा पढ्नुहोस्

स्थानीय तहको अंकगणित उल्टियो

ठाकुरसिंह थारू, मंसिर २७, २०७४
बाँकेको क्षेत्र २ मा स्थानीय तहको मतपरिणाम प्रतिनिधि र प्रदेशसभा चुनावमा उल्टिएको छ । पहिलो भएको लोकतान्त्रिक गठबन्धन तेस्रोमा झरेको छ ।
पूरा पढ्नुहोस्

बदर मत धेरै

कान्तिपुर संवाददाता , मंसिर २७, २०७४
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जिल्लामा २५ हजार ६ सय ८५ मत बदर भएको छ । प्रतिनिधिसभातर्फ १३ हजार ७ सय १६ र प्रदेशसभातर्फ ११ हजार ९ सय ६९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदाता शिक्षामा लापरबाही गर्दा धेरै मत बदर भएको देखिएको छ ।
पूरा पढ्नुहोस्

अब के गर्लान् देउवाले ? [टिप्पणी]

कुलचन्द्र न्यौपाने, मंसिर २७, २०७४
प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको हो भन्ने नेतृत्वको तर्कलाई समानुपातिकतर्फ कांग्रेसले पार्टीले ल्याउँदै गरेको मतले पनि सावित गर्न नसक्ने देखिइसकेको छ ।
पूरा पढ्नुहोस्