साहित्य/विविध

पाँच फिल्मकर्मीलाई श्याम–सुनिता मुखिया पुरस्कार

कान्तिपुर संवाददाता , मंसिर २८, २०७४
वरिष्ठदेखि युवासम्मका पाँच फिल्मकर्मी बुधबार राजधानीमा सम्मानित भएका छन् । ड्रिम वर्ल्ड अफ फिल्ममेकर्सले वरिष्ठ फिल्मकर्मी लक्ष्मीनाथ शर्मा, सञ्चारकर्मी एवं गीतकार शान्तिप्रिय र युवा फिल्मकर्मी एवं सञ्चारकर्मी फूलमान वललाई पुरस्कृत र अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला र युवा फिल्मकर्मी विनोद पौडेललाई सम्मानित गरेको हो ।
पूरा पढ्नुहोस्

जापानी सेरामिकमा कलाप्रेमीका सिर्जना

कान्तिपुर संवाददाता , मंसिर २७, २०७४
मानव सभ्यताको अर्को परिभाषा के होला ? भनेर कसैले सोध्यो भने मूर्तिकार गोपाल कलाप्रेमी मुस्कुराउँदै भन्छन्, ‘माटो’ । उनले माटोको स्वाद बुझेका छन् । लामो समयदेखि निरन्तर माटोकै माध्यममा मूर्ति बनाएको अनुभवले माटोको विशेषता उनी सजिलै महसुस गर्छन् ।
पूरा पढ्नुहोस्

ब्राजाकी अस्वस्थ

कान्तिपुर संवाददाता , मंसिर २७, २०७४
साहित्यकार मनु ब्राजाकी फेरि सिकिस्त भएका छन् । उनलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।केही वर्षयता उच्च रक्तचाप र मधुमेहको समस्या खेप्दै आएका ब्राजाकीलाई शनिबार राति ब्रेन स्ट्रोक भएपछि अस्पताल भर्ना गरिएको परिवार स्रोतले जनायो ।
पूरा पढ्नुहोस्

मानव अधिकारको पक्षमा कविता

कान्तिपुर संवाददाता , मंसिर २४, २०७४
६९ औं विश्व मानव अधिकार दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीको वसन्तपुर डबलीमा दुई दर्जनभन्दा बढी कविहरू गुन्जिए ।
पूरा पढ्नुहोस्

पूर्णिमा साहित्य रत्न शाहलाई

कान्तिपुर संवाददाता , मंसिर २३, २०७४
कथाकार महेशविक्रम शाहलाई ‘पूर्णिमा साहित्य रत्न पुरस्कार’ दिइने भएको छ । नेपाली भाषा–साहित्यमा योगदान पुर्‍याएको भन्दै कथाकार शाहलाई पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले ११ हजार रुपैयाँको पुरस्कार प्रदान गर्न लागेको हो ।
पूरा पढ्नुहोस्

१३ कविको आरोहण

कान्तिपुर संवाददाता , मंसिर २२, २०७४
दोस्रो विश्वयुद्धमा नेपालको सहभागितादेखि गोर्खा भूकम्पसम्मको नेपाली वीरता समेट्दै महाकाव्य ‘आरोहण’ आएको छ । यसलाई १३ जना कविले तयार पारेका हुन् ।
पूरा पढ्नुहोस्

प्रवीणको कुकुरप्रेम

कान्तिपुर संवाददाता , मंसिर २१, २०७४
गायक प्रवीण बज्राचार्य ‘कुकुर अनि म’ एल्बमसहित आएका छन् । के नाइन डग ट्रेनिङ एन्ड केयरले प्रस्तुत गरेको एल्बममा सात गीत छन् । सबै गीत प्रवीणले नै गाएका हुन् ।
पूरा पढ्नुहोस्

नेपाल भाषामा मनराजा

कान्तिपुर संवाददाता , मंसिर २१, २०७४
संगीतकार मनराजा नक:मि नेपाल भाषाको एल्बमसहित आएका छन् । ‘ज्वभनया रङ्ग’ (जोबनको रंग) मा १६ गीत छन् र सबै गीतमा संगीत मनराजाकै संगीत सुन्न सकिन्छ ।
पूरा पढ्नुहोस्

चिसो देशबाट न्याना चित्र

कान्तिपुर संवाददाता , मंसिर २०, २०७४
नोभेम्बरको सुरुमा फिनल्यान्डबाट चार युवती पेन्टिङ सिक्न भक्तपुरको बालकोटस्थित रागिनी आर्ट भिलेज पुगे । फिनल्यान्डको पिका हालोनेन एकेडेमीमा फाइन आर्टमा स्नातक दोस्रो वर्ष अध्ययनरत मेरी भिल्जाहर्जु, निना कोर्भेनोजो, मिसा सरास्टे र करिता टोलभानेनलाई चित्रकार रागिनी उपाध्यायले नेपाली ल्यान्डस्केपमा पेन्टिङ गर्न र प्रिन्ट मेकिङ सिकाइन् ।
पूरा पढ्नुहोस्

सातलाई बुद्ध शान्ति

कान्तिपुर संवाददाता , मंसिर १९, २०७४
बुद्ध शान्ति फाउन्डेसनले सात जनालाई बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार २०७४’ बाट सम्मानित गरेको छ । फाउन्डेसनले मेरुदण्डमा चोट लागेका पाँच जना प्रतिभाशाली कलाकार तथा खेलाडी र दुई जना काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका वरिष्ठ परिचारिकाहरूलाई ७० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
पूरा पढ्नुहोस्

सँझ्यामा फरक स्वादका कविता

कान्तिपुर संवाददाता , मंसिर १८, २०७४
सँझ्या साहित्यको यसपटकको शृंखलामा फरक पुस्ताका तीन कविले कविता प्रस्तुत गरे ।पचासको दशकपछि कविता लेख्न थालेका प्रोल्लास सिन्धुलीय, साठीको दशकको उत्तरार्द्धपछि कवितामार्फत देखा परेकी रञ्जना निरौला र सत्तरीको दशकदेखि कवितामा सक्रिय सुरज रानाले लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर विद्यालयमा आफ्ना रचना सुनाए ।
पूरा पढ्नुहोस्