स्वास्थ्य

के तपाईंलाई टन्सील भएको छ ?

डा. ललित कुमार मिश्र, श्रावण ३२, २०७४
आधुनिक जीवनमा टन्सीलाईटीस अर्थात घाँटीको समस्याले प्राय: जसो घरका एक सदस्य खासगरी केटा-केटिहरुलाई बेलाबखतमा दुख: दिइरहेको हुन्छ । टन्सील शरीरको रोग प्रतिरोधात्मक प्रणालीको एक महत्वपूर्ण हिस्सा हो । जसले नाक र मुखबाट पसेका किटाणुहरुलाई नष्टगर्ने काम गर्दछ अर्थात यसले द्वारपालको काम गर्दछ भन्दा अतियुक्ती न होला ।
पूरा पढ्नुहोस्

‘महामारी फैलिन नदिऔं’

कान्तिपुर संवाददाता , श्रावण ३०, २०७४
जनस्वास्थ्य विशेषज्ञहरूले बाढी प्रभावित तराई क्षेत्रमा पानी र कीटजन्य महामारी फैलिन नदिन तत्काल कदम चाल्न सरकारलाई सुझाएका छन् ।
पूरा पढ्नुहोस्

बाढी प्रभावित क्षेत्रमा पानी र किटजन्य महामारी फैलिने सम्भावना, सजग हुन बिज्ञको अपील

अतुल मिश्र, श्रावण २९, २०७४
जनस्वास्थ्य विशेषज्ञहरूले मुलुकको बाढी प्रभावित तराई क्षेत्रमा पानी र किटजन्य महामारी फैलिन सक्ने चेतावनी दिएका छन् । यस पटकको बाढीमा धेरै मात्रामा तराईका शहरी र ग्रामिण जनसंख्या प्रभावित रहेकाले प्रकोपको जोखिमसमेत उच्च रहेको बताइएको छ । उनीहरुले करिव ६० लाख प्रभावित भएको अनुमान गरेका छन् ।
पूरा पढ्नुहोस्

कमिलाको टोकाइले कहिलेकाहीँ मृत्युसम्म हुन सक्छ

अतुल मिश्र, श्रावण २८, २०७४
कमिलाले जीवनमा एकचोटि पनि नटोकेका सायदै कुनै व्यक्ति होलान् । त्यसमाथि वनजंगल र ग्रामीण क्षेत्र धेरै भएको हाम्रो जस्तो मुलुकमा त त्यस्तो व्यक्ति खोज्न झन् गाह्रो हुन्छ ।
पूरा पढ्नुहोस्

एक्जाम फोबियाबाट छुटकारा पाउने उपायहरु

डा. लालित कुमार मिश्र, श्रावण २६, २०७४
अचेल दिनहुँ जसो कुने न कुनै प्रकारको परीक्षा चलि नै रहेको हुन्छ । चाहे त्यो स्कुलको होस या मेडिकल ईन्ट्रान्स, कोरियन वा जर्मन या अग्रेजी भाषाको परीक्षा नै किन न होस । परीक्षार्थीहरुको बीच हाल परीक्षाकै बारेमा कुरा चलिरहेको हुन्छ । अभिभावकहरु पनि आ-आफ्नो परिक्षार्थी (छोरा-छोरी) हरुको परीक्षालाई लिएर चिन्तित् छन् । कसरी यिनीहरुको परिक्षा राम्रो होला भनेर ।
पूरा पढ्नुहोस्

फोकलान टापुमा लेप्टोस्पोरोसिस

अतुल मिश्र, श्रावण २४, २०७४
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले मोरंग जिल्लाको फोकलान टापुमा देखिएको अज्ञात रोग ‘लेप्टोस्पोरोसिस’, रहेको जनाएको छ । उक्त समस्याले त्यहाँ २ बालबालिकाको मृत्यु भइसकेको छ ।
पूरा पढ्नुहोस्

कृत्रिम गुलियो घातक

कान्तिपुर संवाददाता , श्रावण २१, २०७४
खाद्य पदार्थमा उपयोग गरिने कृत्रिम गुलियो स्वास्थ्यका लागि घातक हुन सक्छ । कृत्रिम गुलियोले मुटु रोग, उच्च रक्तचाप, मधुमेहको जोखिम बढाउँछ ।
पूरा पढ्नुहोस्

बुढ्यौलीमा योग र स्मरणशक्ति

कान्तिपुर संवाददाता , श्रावण २१, २०७४
उमेरको लामो कालखण्डसम्म योग गर्नाले मस्तिष्कको संरचनामा परिवर्तन आउन सक्ने रहेछ । यसले गर्दा बुढ्यौलीमा स्मरणशक्ति घट्ने सम्भावना पनि कम हुने रहेछ ।
पूरा पढ्नुहोस्

तौल सन्तुलित राख्न ब्रेकफास्ट

कान्तिपुर संवाददाता , श्रावण २१, २०७४
बिहान प्रशस्त नास्ता गरेर दिनको सुरुवात गर्ने व्यक्तिहरूको तौल कम हुने सम्भावना हुन्छ । हालैको एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ ।
पूरा पढ्नुहोस्

किन हुन्छ एलर्जी ?

डा. ललित कुमार मिश्र, श्रावण १८, २०७४
हाम्रो शरीर भित्र कुनैपनि बाहिरी तत्वकोप्रवेश गर्दा त्यसको विरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिकृया देखाउने गर्दछ । एलर्जी एकप्रकारको असमान्य प्रतिक्रिया हो । जुन प्रतिक्रिया छालामा देखीने गर्दछ, यसलाई एलर्जी भन्छन् ।
पूरा पढ्नुहोस्

बालबालिकामा आँखाको क्यान्सर

कान्तिपुर संवाददाता , श्रावण १७, २०७४
पछिल्लो समय बालबालिकामा आँखा क्यान्सरको खतरा बढ्दै गएको छ। आँखा रोगबारे चेतना नहुनु, लक्षणबारे ज्ञान नहुनुजस्ता कारणले आँखै काटेर फाल्नुपर्ने अवस्थामा बिरामी अस्पताल आइपुग्ने गरेको तिलगंगा आँखा प्रतिष्ठानको अन्कोलोजी विभागका विशेषज्ञ डा. बेन लिम्बूले बताए।
पूरा पढ्नुहोस्