थप एक लाखदेखि एक लाख ५० हजार रुपैंयासम्म पर्ने लैनो भैसी दाइजोमा दिन नसक्दा रामप्रकासले आफ्नो विवाह गरिसकेको छोरीको विवाह रद्द भएको दर्दनाक स्थिती व्यहोर्नु पर्‍यो । हाम्रो देशमा दैनिक हुने यस्ता घटनाहरुमा यो त एउटा उदाहरण मात्र हो । दाइजो नपाए वा कम भएर बेहुलीलाई पिट्ने, जिउँदै जलाउनेलगायतका अन्य दुर्व्यवहार भएका घटना हामीले सञ्चारमाध्यममा सुन्दै/पढ्दै आइरहेका छौं ।
पूरा पढ्नुहोस्
भित्तोमा एउटा झुन्डिएको एउटा रंगीन तस्बिरमा छ— परम्परागत शैलीको पहाडी घर।घरको ठेगाना छ—
पूरा पढ्नुहोस्
नयाँ संविधान पछिको नेपाल नवीन ढंगले समुन्नतितर्फ अघि बढ्ने आशा र विश्वास आज एक ढंगले खण्डित अवस्थामा पुगेको छ । अत: नेपाली कंग्रेसले आफूलाई निर्णायक नायकत्वको भूमिकामा प्रस्तुत गर्नेतर्फ लाग्नु देश र भावी पुस्ताप्रतिको कर्तव्य हुन आएको छ । अहिले सबैको निष्कर्ष छ– निराशा, अन्यौल, आवेग र असहिष्णुता समाजमा बढ्दै गएको छ ।
पूरा पढ्नुहोस्
जुना घिमिरेलाई उडेर संसार परिक्रमा गर्ने पंक्षीको दुबै पखेटा काटिदिए जस्तै भयो । अल्प वयस्कलाई स्वर्णिम पल मानिन्छ । न कसैको डर, न केहीको चिन्ता । जान मन लागेको ठाउँमा जानको लागि होस् या लाउन र खान मन लागेको खानाको लागि होस् । मात्र रोई दिए पुग्छ । उत्सुकता र स्फूर्तीले नै बने झै लाग्ने जीवनको त्यो पल उडिरहेको पंक्षी पनि समाउन सकिने समय हो भनिन्छ । त्यहीँ समयमा आफु बिरामी परे पछि अध्ययनलाई पूर्णविराम लगाउनु पर्दाको पीडा त छदै थियो, त्यो भन्दा पनि दिदीबहिनी र साथी सङ्गीहरु सरह खेल्न, दगुर्नु, गोठालो जान र मेलापात गर्न नसक्दा पीडा हुने गर्दथ्यो । मान्छेसँग जे चीज हुदैन उसको लागि अमुल्य त्यही चीज हुदो रहेछ ।
पूरा पढ्नुहोस्
छिञ्चु–जाजरकोट खण्ड अन्तर्गत मदानेचौर नजिकको जंगल क्षेत्रमा ट्राफिक चेकजाँच चलिरहेको थियो । वीरेन्द्रनगरबाट मैनतडासम्म गन्तव्य बनाएको एक गाडी पनि ट्राफिक चेकिङमा पर्‍यो । भे१च २२३४ नम्बरको भाडाको उक्त जिपमा पत्रकारसहित जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. सुशील केसी, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत टंक लामिछाने लगायत थिए ।
पूरा पढ्नुहोस्
गत महिना बेइजिङमा दुई देश चीन र भारतवीचमा भएको रणनीतिक वार्तामा असहमतिहरुलाई कम गर्ने सहमति भएपनि एसियाका दुई शक्तिशाली मुलुकको सम्वन्ध पछिल्लो समय चिसिएको छ । तिब्बती वौद्ध धर्मगुरु दलाई लामाका केही कार्यक्रम तथा भ्रमणले दुई देशकोवीच पछिल्लो समय एक प्रकारको 'मिडिया बार' नै चलेको छ । यही मार्च १७ मा लामाले भारतको बिहारमा एक अन्तराष्ट्रिय वौद्ध सम्मेलनमा सहभागिता जनाएकोमा चीनले तिव्र विरोध गरिरहेको छ ।
पूरा पढ्नुहोस्
नयाँ शक्ति नेपालका संयोजक विगत सात दिनदेखि भारतमै छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको आतंकवाद प्रतिवाद सम्वन्धी सम्मेलनमा भाग लिन आएका भट्टराईले आफ्नो भारत भ्रमणलाई 'लो प्रोफाइल'मा राख्न चाहेका छन् ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार वनाउन महत्वपूर्ण भुमिका खेलेका वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि पाँच दिन पहिले आतंकवाद प्रतिवाद सम्वन्धी एक सम्मेलनमा भाग लिन दिल्ली आए ।
पूरा पढ्नुहोस्
महिला, पुरुष र हाम्रो समाज । जान्ने र बुझ्ने भएदेखि नै लैंगीक विषयमा जान्ने र कुरा सुन्ने र मुल्यांकन गर्न मन लाथ्यो । पछि यसै बिषयमा ऐकेडेमिक रुपले नै अध्ययन गर्ने सोच बनाएँ । जेन्डर एन्ड बुमन स्टडिजमा स्नातक पनि गरें । मैले सुनेको र पढेको जेन्डर स्टडिज् हाम्रो समाजलाई चाहिने अचुक औषधी जस्तै रहेछ । अमेरिकाम यसै बिषयमा अध्ययन गर्न पुगेकी मैले त्यहाँ झनै एड्भान्स तरिकाले जेन्डर पढ्ने बुझ्ने मौका पाएँ ।
पूरा पढ्नुहोस्
बौद्ध धर्मवलाम्बी शेर्पा समुदायको महान चाड ल्होसारको पहिलो दिन न्युयोर्कस्थित शेर्पा किदुगको गुम्बामा भीडभाड बाक्लो थियो । साप्तहिक विदाको दिन बाहेक अरु दिन विरलै यति बाक्लोसंग मानिसहरुको उपस्थिती त्यस क्षेत्रमा हुन्छ । सोमबारको दिनमा पनि यतिका मानिस भेला हुनु भनेको न्यूयोर्क जस्तो व्यस्त सहरमा असम्भव जस्तै हो । गुम्बामा कुनै ठुलो रिम्पोचेले अभिषेक दिने बेलामा यतिका मानिसहरु जम्मा हुन्छन् ।
पूरा पढ्नुहोस्
मंगलबारदेखि आफ्नो कार्यकाल पुरा गरेका भारतीय राजदूत रणजीत राय बुधबार स्वदेश फिरेका छन् । उनीपछि नेपालमा आउने राजदूत तय गर्न भारतीय सरकारलाई हम्मे परेको थियो । करिअर, राजनीतिक र सुरक्षा निकाय कुन क्षेत्रको पठाउने भन्नेमा सरकारभित्रै बहस भए । अन्तत करिअरका मन्जिभ सिंह पुरीको नाम सिफारिस भएको छ ।
पूरा पढ्नुहोस्
अष्ट्रेलियाका अहिलेका कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले एक भेटमा राजदूत नहुँदा उच्च कुटनीतिक पहुँचका कामहरुमा असहजता आएको र कार्यलयमा काम गर्नुपर्ने आफुले सबैतिर दौडनुपर्ने भएकाले दूतावासले सोचेजस्तो काम गर्न नसकेको सुनाएका थिए ।
पूरा पढ्नुहोस्