नेपाली कांग्रेस महाधिवेशन

खुलातर्फका २५ केन्द्रीय सदस्यको टुंगो लाग्यो

कान्तिपुर संवाददाता , चैत्र १, २०७२
नेपाली कांग्रेसको खुलातर्फका २५ केन्द्रिय सदस्यको टुंगो लागेको छ । सोमबार सकिएको मतगणना अनुसार डा. शेखर कोइरालाले सबैभन्दा बढी १८४८ मत प्राप्त गरेका छन् । त्यस्तै, खुमबहादुर खड्का १८४६ मत र प्रकाशमान सिंह १७९५ मतसहित दोस्रो र तेस्रो भएका छन् ।
पूरा पढ्नुहोस्

कुन प्रदेशमा को अगाडि ? (अपडेट)

कान्तिपुर संवाददाता , चैत्र १, २०७२
नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सबै प्रदेशको मत गणना जारी छ । प्रत्येक प्रदेशबाट २ जना निर्वाचित हुने व्यवस्था छ । आइतबार दिउसोसम्म २००० मत गनिसक्दा सातै प्रदेशमा देउवा–पौडेल प्यानलका एक–एक उम्मेदवारले अग्रता लिएका छन् ।..
पूरा पढ्नुहोस्

४ लाख ७० हजारको माझबाट छानिंदै कांग्रेस नेतृत्व

राजेश मिश्र, फाल्गुन २९, २०७२
मुलुकको जेठो राजनीतिक दल कांग्रेस आफ्नो आन्तरिक जीवनको सम्पूर्ण तह तप्कामा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन अन्तिम चरणमा पुगेको छ । सभापति, महामन्त्री र कोषाध्यक्षसहित एकजना केन्द्रीय सदस्यको टुंगो चुनावबाटै लागे पनि अन्य परिणाम आउनेक्रममा छ । महाधिवेशनसम्म आइपुग्दा कांग्रेसले वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला तहका चुनावी कार्यक्रम पूरा गरेको थियो ।
पूरा पढ्नुहोस्

प्रदेशको नतिजा पनि सार्वजनिक

कान्तिपुर संवाददाता , चैत्र १, २०७२
कांग्रेसको १३ औं महाधिवेशनमा प्रदेशतर्फको नतिजा पनि सार्वजनिक भएको छ ।सोमबार साँझ सार्वजनिक मतपरिणामअनुसार ७ वटै प्रदेशबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित रामचन्द्र पौडेल प्यानलका बराबर ७–७ जना निर्वाचित भएका छन् ।
पूरा पढ्नुहोस्

२७ सय ५० मत गणना हुँदा शेखर कोइराला अगाडि (अपडेट)

कान्तिपुर संवाददाता , फाल्गुन ३०, २०७२
नेपाली कांग्रेसको २५ सिटका लागि भएको केन्द्रीय खुला केन्द्रीय सदस्यको २७ सय ५० मत गणना हुँदा डा शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । उनले १६१५ मत पाएका छन् । उनीपछि खुमबहादुर खड्काले १६०८ र प्रकाशमान सिंहले १५७५ मत पाएका छन् ।
पूरा पढ्नुहोस्

महिला आरक्षणमा ६ जना निर्वाचित

कान्तिपुर संवाददाता , फाल्गुन २९, २०७२
कांग्रेसको १३ औं महाधिवेशनमा महिला आरक्षण सिटमा ६ जना निर्वाचित भएका छन् ।केन्द्रीय निर्वाचन समितिका अनुसार महिला कोटाबाट डिला संग्रौला, पुष्पा भूसाल, कमला पन्त, सरिता प्रसाईं, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने विजयी भएका छन् ।
पूरा पढ्नुहोस्

जनजाति कोटामा चीनकाजी, बहादुर र कल्याण विजयी

कान्तिपुर संवाददाता , फाल्गुन २९, २०७२
कांग्रेसको १३ औं महाधिवेशनमा जनजाति आरक्षण सिटमा चीनकाजी श्रेष्ठ,बहादुर सिंह लामा र कल्याण गुरुङ विजयी भएका छन् । शनिबार साँझ प्रकाशित नतिजा अनुसार जनजाति महिलामा सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भए ।
पूरा पढ्नुहोस्

कांग्रेसको प्रदेश केन्द्रीय सदस्यको मत कति ?

कान्तिपुर संवाददाता , फाल्गुन २९, २०७२
कांग्रेसको १३ औं महाधिवेशनमा प्रदेशअन्तर्गतका केन्द्रीय सदस्यको मतगणना पनि सुरु भएको छ । पहिलोपटक प्रदेश संरचनामा चुनाव गरेको कांग्रेसले महाधिवेशनबाट दूई–दुई जना प्रदेश केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।
पूरा पढ्नुहोस्

फेरि खुमबहादुर अगाडि बढे

कान्तिपुर संवाददाता , फाल्गुन २९, २०७२
कांग्रेस महाधिवेशनको खुलातर्फको मतगणनामा पुन: खुमबहादुर खड्काले अग्रता लिएका छन् ।शुक्रबारदेखि नै अग्रता लिएका शेखर कोइरालालाई पछि पार्दै खुमबहादुर ८९८ मतसहित अगाडि बढेका छन् । उनीपछि रहेका कोइरालाले ८८५ र प्रकाशमान सिंह ८८० मतसहित तेस्रो स्थानमा छन् ।
पूरा पढ्नुहोस्

मधेसी पुरुष र मधेसी महिलातर्फ को–को अगाडि ?

कान्तिपुर संवाददाता , फाल्गुन २८, २०७२
नेपाली कांग्रेसको जारी मतगणनामा मधेसी पुरुष र मधेसी महिलातर्फको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ९ सय मत गनिएको निर्वाचन समितिले जनाएको छ ।
पूरा पढ्नुहोस्

जनजाति महिलामा सीता गुरुङ अगाडि

कान्तिपुर संवाददाता , फाल्गुन २८, २०७२
कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत जारी मतगणनामा सीता गुरुङले अग्रता लिएकी छन् ।
पूरा पढ्नुहोस्

महिलामा डिला, पुष्पा र कमला अगाडि

कान्तिपुर संवाददाता , फाल्गुन २८, २०७२
महिला आरक्षणतर्फका ६ सिटका लागि भइरहेको मत गणनामा डिला संग्रौला, कमला पन्त र पुष्पा भुषालले सुरुवाती अग्रता लिएका छन् ।
पूरा पढ्नुहोस्

दलित आरक्षणमा जीवन परियार र लक्ष्मी परियार अगाडि

कुलचन्द्र न्यौपाने , फाल्गुन २८, २०७२
नेपाली कांग्रेसको जारी मतगणनामा दलिततर्फको मत गणनामा १००० मत गन्दा पुरुषमा जीवन परियार र महिलामा लक्ष्मी परियारले अग्रता लिएका छन् ।
पूरा पढ्नुहोस्

जनजातिमा बहादुरको अग्रता, एक मतले चीनकाजी पछि परे

कान्तिपुर संवाददाता , फाल्गुन २८, २०७२
नेपाली कांग्रेसको जारी मत गणनामा आदिवासी जनजाति सिटमा ५ सय मत गणना हुँदा चीनकाजी श्रेष्ठ, बहादुरसिंह लामाले अग्रता लिएका छन् ।
पूरा पढ्नुहोस्