देश

मतदान केन्द्र र उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु फेला

अर्जुन शाह, पर्वत पोर्तेलअसार १२, २०७४
बाजुराको बुढीनन्दा नगरपालिकाको जनप्रकाश मावि मतदान केन्द्र नजिकै शंकास्पद वस्तु भेटिएको छ । आज बिहान मतदान केन्द्रभन्दा करिव २ सय मिटर पर भेटिएको हो । स्थानीयवासीले उक्त शंकास्पद वस्तु बम हुन सक्ने बताए ।
पूरा पढ्नुहोस्

चुनावमा सबै पार्टीबीच स्वस्थ प्रतिस्पर्धा हुन्छः गृहमन्त्री शर्मा

कान्तिपुर संवाददाता , असार १२, २०७४
गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनमा सबै पार्टीहरुबीच स्वस्थ प्रतिस्पर्धा हुने बताएका छन् । मतदाताहरु पनि निर्वाचनमार्फत् आफ्ना जनप्रतिनिधि छान्न आतुर भएको उनले बताए ।
पूरा पढ्नुहोस्

चुनावले बढायो सद्भाव

जितेन्द्र साह, असार १२, २०७४
मधेस आन्दोलनको नेतृत्व गर्ने प्रमुख केन्द्रमध्येको एक रंगेली नगरपालिकामा स्थानीय तहका उम्मेदवार तथा दलका कार्यकर्ता साम्प्रदायिक सद्भावसाथ चुनावमा होमिएका छन् । आन्दोलनका बेला सिर्जित परिस्थितिजन्य असन्तुष्टि, तीक्तता र असमझदारी त्यागेर भोट मागे उनीहरूले ।
पूरा पढ्नुहोस्

शैक्षिक गन्तव्य बनाइने

कान्तिपुर संवाददाता , असार १२, २०७४
जनप्रतिनिधिले जिल्लालाई शैक्षिक गन्तव्य बनाउन साझा प्रतिबद्धता गर्दै ११ बुँदे शैक्षिक अवधारणा घोषणा गरेका छन् ।
पूरा पढ्नुहोस्

तीन सातापछि शव फेला

कान्तिपुर संवाददाता , असार १२, २०७४
भेडीगोठमा खर्च पुर्याएर फर्किने क्रममा हराएका क्व्होलासोंथर गाउँपालिका–४ भुजुङका जुले भनिने ४२ वर्षीय यमबहादुरको शव आइतबार फेला परेको छ ।
पूरा पढ्नुहोस्

३४६ मतदानस्थल अति संवेदनशील

कान्तिपुर संवाददाता , असार १२, २०७४
पश्चिम क्षेत्रअन्तर्गत ५ नम्बर प्रदेशमा परेका लुम्बिनी अञ्चलका ६ जिल्लाका ३ सय ४६ मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको छ ।
पूरा पढ्नुहोस्

प्रतिनिधित्व नभएको गुनासो

कान्तिपुर संवाददाता , असार १२, २०७४
आदिवासी अल्पसंख्यक समुदायका मतदाताले निर्वाचनमा आफ्नो समुदायको प्रतिनिधित्व हुन नसकेको भन्दै आक्रोश पोखेका छन् ।
पूरा पढ्नुहोस्

म्यादी प्रहरीकै भर

कान्तिपुर संवाददाता , असार १२, २०७४
दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा कार्यरत प्रहरी जनशक्तिमध्ये आधाभन्दा बढी अन्यत्र खटाएपछि म्यादी प्रहरीको जिम्मेवारी बढेको छ । जिल्लामा कार्यरत ४ सय २० जना प्रहरीमध्ये २ सय ६० जना दोस्रो चरणको निर्वाचन भइरहेका जिल्लामा खटिएका छन् ।
पूरा पढ्नुहोस्

‘पार्टी होइन, व्यक्तिलाई भोट’

- मोहन बुढाऐर, असार १२, २०७४
जिल्लामा पार्टी संगठनभन्दा सम्बन्धका आधारमा भोट खस्ने देखिएको छ । आमनिर्वाचनमा दलगत आधारमा खस्ने गरेको भोट स्थानीय तहमा भने व्यक्तिअनुसार जाने संकेत छ ।
पूरा पढ्नुहोस्

‘सधैं आश्वासन मात्र’

कान्तिपुर संवाददाता , असार १२, २०७४
पूर्व–पश्चिम राजमार्गमा पर्ने कोहलपुरको चौराहा । बाँकेबाट पूर्व र पश्चिमका जिल्लामा जाने गाडीहरू यही चोकबाटै रुट परिवर्तन गर्छन् । चौराहाबाट करिब ५ सय मिटर पूर्वमा पर्ने गन्धर्व बस्तीको जनजीवन यात्रुहरूले गाडीबाटै अनुभव गर्न सक्ने अवस्थाको छ ।
पूरा पढ्नुहोस्

‘विभागले म्यानपावरसँग लाखौं असुल्यो’

कान्तिपुर संवाददाता , असार १२, २०७४
शून्य लागत (फ्रि भिसा, फ्रि टिकट) सम्बन्धी स्पष्ट विवरण नबुझाएको भन्दै वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीसँग २ देखि ७ लाख रुपैयाँसम्म असुलिरहेको व्यवसायीहरूले आरोप लगाएका छन् । विभागले दुई म्यानपावरका बिचौलिया प्रयोग गरेर कारबाही प्रक्रिया नबढाउने सर्तमा महानिर्देशकका नाममा पैसा उठाइएको उनीहरूको दाबी छ ।
पूरा पढ्नुहोस्