-सुरज कुँवर का लेखहरु

नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् ।आइतबार राति नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले पुष्टि गरे ।
पूरा पढ्नुहोस्
एसएलसीमा खोटाङ जिल्ला सेकेन्ड दरिएपछि उद्धव घिमिरे पहिलोपटक नेपाल एयरलाइन्सको क्यानडियन टुइनअटर चढेर दिक्तेलबाट काठमाडौं ओर्लिए । उनको सपना थियो, प्लस टुमा साइन्स पढेर डाक्टर बन्ने । निर्वाहमुखी कृषि अँगालेको परिवारका सबैभन्दा कान्छा उनले छात्रवृत्तिमा नाम निकाल्न दुई वर्ष कुरे ।
पूरा पढ्नुहोस्
नेपाली ब्युरोक्रेसीमा अल्झन, झुलाउने, फाइल हराउने, चाकरी, उपहार त प्राय: यहाँ काम गर्ने अधिकांशका लागि नौला शब्द होइनन् । अझ इकोनमी क्लासको टिकट काटेपछि बिजनेस कलासमा अपग्रेड गर्न भनसुनको होड चल्छ। एयरलाइन्ससँग फ्री टिकट माग्ने, ककटेल डिनर प्रोग्रामको निम्तोमा नबोलाउँदा रिसाउने कर्मचारीको बानी बेहोरा अझै हटिसकेको छैन।
पूरा पढ्नुहोस्
सन् २०१६ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या बढेको छ । अघिल्लो वर्षको तुलनामा करिब ३ लाखले बढेर ३५ लाख १० हजार ७ सय ४२ पुगेको छ । सन् २०१५ अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने गरी ३२ लाख १७ हजार १ सय ६२ यात्रु (स्वदेशी/विदेशी) पुगेका थिए ।
पूरा पढ्नुहोस्
बेलैमा जहाज नउडाउने, बाहानाबाजी गर्ने, अन्य पाइलटलाई धम्क्याउने लगायतका अभियोगमा नेपाल वायु सेवा निगमले चिनिया विमान वाई १२ ई उडाउने दुई जना क्याप्टेनलाई सजाय स्वरुप ग्राउन्डेड (निलम्बन) गरिदिएको छ ।
पूरा पढ्नुहोस्
आन्तरिक हवाई रुटमा जेट विमान उडाउँदै आएको सौर्य एयरलाइन्सले आइतबार ५० सिट क्षमताको दोस्रो विमान ल्याएको छ । यस एयरलाइन्सका प्रवन्ध निर्देशक गोपाल भट्टराईका अनुसार, सन् २००३ मा बनाइएको यो विमानको मूल्य १ अर्ब रुपैयाँ परेको छ ।
पूरा पढ्नुहोस्