-दुर्गा खनाल का लेखहरु

चुनावी तालमेलसहित एकता प्रक्रियामा जुटेका एमाले र माओवादी केन्द्रले बामपन्थी गठबन्धनबाट नअत्तालिन र चुनाव प्रभावित हुने गतिविधि नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् । कांग्रेसले लोकतन्त्र नै खतरामा परेको र मुलुकमा अधिनायकवादी व्यवस्था ल्याउने प्रयासको रुपमा बामपन्थी गठबन्धनप्रति टिप्पणी गरेपछि दुबै दलले उसलाई जवाफ दिएका हुन् ।
पूरा पढ्नुहोस्
प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले प्रदेश २ को स्थानीय तह चुनावमा सोचेजस्तो सफलता नपाए पनि मतका हिसाबले सन्तोषजनक अवस्था रहेको उल्लेख गर्दै मंसिरको चुनावमा ७ वटै प्रदेश र केन्द्रमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।
पूरा पढ्नुहोस्
सरकारले निर्वाचन आयोगद्वारा प्रस्तावित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यतालिकामा आपत्ति जनाउँदै साना दलसमेतको छलफलमा पुन: तयार गरी सार्वजनिक गर्न आग्रह गरेको छ । प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताअघि नै समानुपातिकतर्फका उम्मेदवारको सूची पेस गर्नुपर्ने आयोगको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूले आपत्ति जनाएपछि आयोग पदाधिकारीले पुन: छलफल गरेर टुंगोमा पुग्ने विश्वास दिलाएका छन् ।
पूरा पढ्नुहोस्
स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको ‘महागठबन्धन’बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलहरूको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन ।
पूरा पढ्नुहोस्
प्रमुख दलहरूले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणका निर्वाचन तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रूपमा लिएका छन् । उनीहरूबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी तीव्र भएको छ ।
पूरा पढ्नुहोस्
समानुपातिक सांसदमा उम्मेदवारी दिँदा हरेक प्रदेशका लागि जनसंख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यकको बन्दसूची पेस गर्नुपर्नेछ ।
पूरा पढ्नुहोस्