का लेखहरु

मलेसियाले गैरकानुनी आप्रवासीको खोजी गर्दै शनिबार गरेको धरपकडमा एकसय १८ जना आप्रवासीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुमध्ये दुईजना महिला छन् । उनीहरु गैरकानुनी अवस्थामा रहेको र कतिपयले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको जनाइएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
पूरा पढ्नुहोस्
मलेसियाले गैरकानुनी आप्रवासीविरुद्ध गरेको धरपकडमा १९ जना नेपाली पक्राउ परेका छन् । राजधानी क्वालालम्पुरको व्यस्त पर्यटकीय बजार ‘बुकित बिन्ताङ’ स्थित आवासीय क्षेत्रमा सोमबार राति गरिएको धरपकडमा नेपालीसहित १५४ जना गैरकानुनी आप्रवासी नागरिकहरु पक्राउ गरेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।
पूरा पढ्नुहोस्
मलेसियाली टेलीफोन सेवा प्रदायक कम्पनी डिजी टेली कम्युनिकेसनले जेल सजाय पूरा गरी घर फिर्ती हवाई टिकट अभावमा फिर्ती केन्द्रमा रहेका २० जना नेपालीको उद्धार गरेको छ । नेपाली दुतावास क्वालालम्पुरको पहलमा उक्त कम्पनीले ती नेपालीका लागि हवाई टिकटको प्रबन्ध मिलाएको हो ।
पूरा पढ्नुहोस्
मलेसियास्थित नेपाली दुतावासले नेपाली कामदारलाई निःशुल्क कानुनी सेवा तथा परामर्श दिन एक स्थानीय कानुनी संस्था (ल र्फम) सँग सम्झौता गरेको छ ।
पूरा पढ्नुहोस्
मलेसियामा विभिन्न अभियोगमा जेल सजाय पूरा गरिसकेका एवं घरफिर्तीका लागि हवाई टिकट अभावमा यहाँका फिर्तीकेन्द्रमा रहेका २१ नेपालीको उद्धार गरिएको छ ।
पूरा पढ्नुहोस्
मलेसियामा एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ४ सयभन्दा बढी नेपाली कामदारको राहदानी जलेर नष्ट भएको छ । जोहोरको सेगामतमा रहेको ईको–सप मार्केटिङ नामक कम्पनी र होस्टलमा दुई साताअघि (मार्च १३) आगलागी हुँदा राहदानी जलेपछि पीडित नेपाली कामदार चिन्तित छन् ।
पूरा पढ्नुहोस्