मनोज पौडेल का लेखहरु

बुद्धस्थल लुम्बिनीमा सरसफाई गरिएकोछ । लुम्बिनीस्थित सशस्त्र प्रहरी बेसको अगुवाईमा नेपाल प्रहरीसमेतको सहयोगमा ३ दिनसम्म सरसफाई गरि सुग्घर बनाइएको छ । लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस पोखरीदेखि मायादेवी मन्दिर गेटसम्म सरसफाई गरी मनोरम र आकर्षक बनाइएकोछ ।
पूरा पढ्नुहोस्
थाई राजकुमारी महा चक्री सिरिन्धोर्नले शुक्रवार बुद्धजन्म स्थल लुम्बिनी भ्रमण गरेकी छन् । उनले मायादेवी मन्दिरमा पुजाआजा गरिन् । त्यस्तै मन्दिरस्थित अशोक स्तम्भमा पनि पुजाआजा गरिन् । पुष्करणी पोखरीमा विश्व शान्ति र विकासका लागि प्रार्थना गरिन् । उनलाई नेपाल र भारतका थाई धर्मदूत फ्रा बोधी विडसेले पुजाआजा गराएका थिए ।
पूरा पढ्नुहोस्
कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरमले प्रमुख र उपप्रमुखमा विजय प्राप्त गरेको छ । प्रमुखमा बजरंगीप्रसाद कुर्मीले ४ हजार ७ सय ११ मत प्राप्त गरि विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका वलिउद्दीन मुसलमानले ३ हजार ३सय ५२ मत प्राप्त गरेका थिए ।
पूरा पढ्नुहोस्
सीमा क्षेत्रको कृष्णनगर स्थित झण्डेनगरमा भारततिरबाट गोली चल्दा दुई प्रहरी घाइते भएका छन् । भन्सार नजिक खटिएका ईप्रका कृष्णनगरका हवल्दारद्वय कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका हुुन् । पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । दुबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
जिल्लाको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुईचो लागेकोछ । कार्तिक शुक्ल पुर्णिमाका दिन वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न सोमवार विहानैदेखि हजारौं भक्तजन आएका छन् । धार्मिक दृष्टिकोणले महत्वपुर्ण भएकाले पर–परबाट तिर्थालु एक दिन अघि नै आएर बसेका थिए । सोमवार लाग्ने मेलाका लागि आईतवार साँझैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने क्रम शुरु भएको थियो ।
पूरा पढ्नुहोस्