मकर श्रेष्ठ का लेखहरु

कर्मचारी, शिक्षकको परीक्षा लिने, सिफारिस गर्ने र बढुवा गर्ने अधिकार हुने भएकोले सत्तापक्ष कांग्रेस र माओबादीको भागबण्डा मिलाउन नसक्दा त्यसको असर कक्षामा समेत परेको छ । सदस्य बन्न भन्दै दुई दलका निकट व्यक्तिहरु आफ्नो पक्षमा लिन दबाब दिइरहेका छन् ।
पूरा पढ्नुहोस्
शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियमविपरीत सरुवा गरेको पाइएको छ । दुई वर्ष नपुग्दै कार्यालय प्रमुखलाई काजमा सरुवा गरेपछि उपसचिवहरू न्याय खोज्दै अदालत जान थालेका हुन् । पछिल्लो साता मन्त्रीले सरुवा गरेका आठ जना जिल्ला शिक्षा अधिकारीको सरुवा कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ ।
पूरा पढ्नुहोस्
एमाले नेता एवं पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले भदौ १२ मा संसद्मा शिक्षा ऐन नवौं संशोधन प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलमा संशोधनको खुलेर विरोध गरे ।
पूरा पढ्नुहोस्
गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको शुक्रबार तीन महिना पुग्यो । यस अवधिमा उनी शिक्षामा सुधार होइन, वर्षौंसम्म थला पार्ने किसिमका नीतिगत निर्णय गर्न व्यस्त रहे । मन्त्री भएलगत्तै उनले अस्थायी शिक्षकसँग उनीहरूले माग्दै नमागेका सुविधासहित सम्झौता गरे ।
पूरा पढ्नुहोस्
बेनीघाट रोराङ गाउँपालिकाका अभिषेक कँडेलले पुलचोक इन्जिनियरिङ कलेजमा यस वर्ष आर्किटेक्चरल इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाए । कक्षा १२ मा विज्ञानमा ७८ प्रतिशत अंक ल्याएकाले उनले यो अवसर पाए । यो नतिजा कुनै निजी विद्यालय पढेर ल्याएका होइनन् ।
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालयले शिक्षा दिवसको अवसरमा शुक्रबार विद्यालयलाई प्रदान गर्न लागेको पुरस्कर वितरण स्थगित गरेको छ ।उच्च अदालत पाटनले बुधबार विद्यालयलाई पुरस्कृत गर्ने कार्य नगरी यथास्थितिमा राख्नु भन्ने आदेश अनुसार मन्त्रालयले विद्यालय पुरस्कृत गर्ने कार्यक्रम स्थगित गरेको हो ।
पूरा पढ्नुहोस्