होम कार्की का लेखहरु

मकवानपुरकी ३० वर्षीया रञ्जिता घले गत १ फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगिन् । नेपालबाट सीधै उडा चार घण्टामात्रै लाग्ने यूएई पुग्न उनलाई दुई साता लाग्यो । कारण– उनी श्रम स्वीकृतिमा गएकी थिइनन् । घरेलु कामदारलाई तस्करी गर्नेको बाटो नेपाल–दिल्ली–श्रीलंका घुम्दाघुम्दै आधा महिना बित्यो ।
पूरा पढ्नुहोस्
संयुक्त अरव इमिरेट्स (युएई) का राष्ट्रपतिका सल्लाहकार डा. शेख सुल्तान बिन खलिफा बिन जायद अल–नायनको रोयल फाल्कन सेक्युरिटी, कम्पनीले ८ महिनादेखि तलव नदिएपछि १७ नेपाली सुरक्षागार्ड बिहिवारदेखि नेपाली दुताबासको शरणमा बसेका छन् ।
पूरा पढ्नुहोस्
साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई बिनासजाय स्वदेश फिर्न पाउने गरी आइतबार ९० दिनको आममाफीको घोषणा गरेको छ । यो मार्च २९ गतेबाट लागू हुनेछ । साउदीका राजकुमार, उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघनबिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो । सरकारले तीन वर्षअगाडि पनि आममाफी दिएको थियो ।
पूरा पढ्नुहोस्
साउदी अरवले गैरकानुनी हैसियत कामदारलाई बिना सजाय स्वदेश फिर्न पाउने गरी ९० दिनको आममाफीको घोषणा आइतबार गरेको छ । यो मार्च २९ गतेबाट लागु हुनेछ । साउदीका राजकुमारसमेत रहेका उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो ।
पूरा पढ्नुहोस्
वैदेशिक रोजगार व्यवसायीले चैत ३ गते ‘नसोचेको’ इमेल प्राप्त गरे । वैदेशिक रोजगार विभागबाट पठाइएको त्यो इमेल पाएपछि ७ सय ५४ म्यानपावरका सञ्चालक आत्तिए । विभागले कारोबार हरहिसाब मागेको थियो । तर उनीहरूको हरहिसाब पनि नियमसंगत थिएन/छैन ।
पूरा पढ्नुहोस्
शून्य लागत (फ्री भिसा, फ्री टिकट) लागू भएको डेढ वर्षपछि वैदेशिक रोजगार विभागले यसको कार्यान्वयन अवस्था मूल्यांकन गर्न वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) सँग हिसाबकिताबको विवरण मागेको छ । शून्य लागत नीति कार्यान्वयन हुन नसकेको फाइदा उठाउँदै म्यानपावर कम्पनीले कामदारसँग जथाभावी रकम असुल गरी विदेश पठाइरहेको अवस्थामा विभागले उनीहरूको आर्थिक कारोबारसहितको विवरण ७ दिनभित्र पठाउन निर्देशन दिएको हो ।
पूरा पढ्नुहोस्