सुदीप कैनी का लेखहरु

सडक सञ्जाल नपुगेका २७ मतदान केन्द्रमा हेलिकप्टरले मतदान साम्रगी ढुवानी गरेको हो । नेपाली सेनाको हेलिकप्टरले ती दुई गाउँपालिकाको विभिन्न स्थानमा सदरमुकामबाट मतदान अधिकृतसहित निर्वाचन सामग्री लगेको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए ।
पूरा पढ्नुहोस्
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली नक्कली कम्युनिष्ट भएको आरोप लगाएका छन् ।
पूरा पढ्नुहोस्
गोरखाको पालुङटारमा भएको आमसभालाई सम्बोधन गरी लमजुङतर्फ जाने क्रममा कांग्रेस नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार भएको छ । उनी चढेको गाडी तनहुँको भानु गाउँपालिका १० स्थित नेपालडाँडा भन्ने ठाउँमा पुग्दा बम प्रहार भएको हो ।
पूरा पढ्नुहोस्
वामगठबन्धनबाट क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठको चुनावी प्रचार टोलीलाई लक्षित गरी गोरखा नगरपालिका–१० सिर्दिखोलामा विहिबार ‘माइन बम’ बिष्फोट भएको छ ।खोलाको पुलनजिकै सडक क्षेत्रमा राखिएको बमले बा २ च ९४६३ नम्बरको गाडीमा क्षति पुगेको एसपी प्रकाश अधिकारीले बताए । ‘मानवीय क्षति भएको छैन, गाडीका सबै सिसा फुटेको छ’, उनले भने । उक्त गाडीमा श्रेष्ठका प्रचारमा हिंडेका नेता कार्यकर्ता चढेका थिए ।
पूरा पढ्नुहोस्
एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ लागि मत दिन आग्रह गर्दै बुधबारदेखि देशव्यापी चुनावी आमसभा सुरु गरेको छ । दुवै दलका अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहालले ती सभाहरूलाई सम्बोधन गर्दै हिँड्न थालेका छन् । त्यसै सिलसिलामा बुधबार पहिलो दिन गोरखामा चारवटा र लमजुङ एउटा सभा भयो ।
पूरा पढ्नुहोस्
तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ । यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ । प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन् । बिजुलीका पोल र रूखका हांँगामा छपक्कै सूर्य र गोलाकारभित्र हँसिया–हथौडा, आंँखा र रूख चिह्न अंकित झन्डा फहराइरहेका छन् । ओहोरदोहोर गर्ने गाडीबाट चुनावी गीत गुन्जिन्छन् । ठूला रूखका छहारी र बिसौनीमा सर्वसाधारणको झुरुप्प जमघट भेटिन्छ । ती जमघटहरूमा दुई पात्रको चर्चा सुनिन्छ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ।
पूरा पढ्नुहोस्