श्रीकृष्ण अनिरुद्ध गौतम का लेखहरु

के साँच्चै कम्युनिस्ट गठबन्धनबाट लोकतन्त्रलाई खतरा छ ? विश्व परिवेश र स्वयं नेपालकै अभ्यास र अनुभव हेर्दा यस्तो प्रश्न असान्दर्भिक भइसक्यो भन्ने धेरैको मत रहन्छ । रहे सहेकै साम्यवादी मुलुकहरूसमेत लोकतन्त्रतर्फ नै विस्तारै अवतरण गर्नुपर्ने अवस्था आइरहेको सन्दर्भमा नेपालमा एमाले र माओवादी मिलेर साम्यवादी अधिनायकवाद स्थापित गर्छन् भन्ने कुरा सुन्दै हास्यास्पद लाग्छ ।
पूरा पढ्नुहोस्
दुर्भाग्यवश कांग्रेसले आफूमा दरबारिया आकृति मिसाएर आफ्नो लोकतान्त्रिक पहिचानमाथि नै नमेटिने दाग लगाउने काम गरेको छ ।
पूरा पढ्नुहोस्
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल होस् अथवा अन्य दलहरूले निर्वाचनपूर्व गठबन्धन गरुन्, चुनावी अभ्यासका क्रममा यस्ता घटनालाई सामान्य र स्वाभाविक रूपमा लिनु र लिइनुपर्ने हो ।
पूरा पढ्नुहोस्
राजनीतिक समीकरणमा अकस्मात ठूलो फेरबदल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थात् प्रचण्डले फेरि कित्ता फेरेका छन् । फेरि किन भनेको भने उनी एक ठाउँमा दिगो बस्नै सक्दैनन् । चराको गँुड बरु दिगो हुन्छ, उनको हुँदैन ।
पूरा पढ्नुहोस्
स्थानीय तहका लागि तेस्रो चरणको निर्वाचन सम्पन्न भएको भोलिपल्टै परेको संविधान दिवस तीन प्रमुख दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका लागि निकै सुखद् हुनपुग्यो । किनभने मधेस केन्द्रित दलहरूको आन्दोलन र भारतद्वारा लगातारको असहयोगका कारण विगत दुई चरणमा रोकिएको प्रदेश २ को स्थानीय तहको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
पूरा पढ्नुहोस्
२ असोज २०७४ मा प्रदेश २ अर्थात् मध्यपूर्वी तराईका ८ जिल्लामा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । त्यस्तै यही मंसिरमा अरू दुई तह अर्थात् सातै प्रदेश र केन्द्रीय प्रतिनिधिसभाका लागि निर्वाचन हुन गइरहेका छन् ।
पूरा पढ्नुहोस्