विष्णु पोखरेल का लेखहरु

दूरसञ्चार सेवाप्रदायकलाई उस्तै प्रकृतिको अर्को कम्पनीमा लगानी (क्रसहोल्डिङ) रोक्न सरकराले छुट्टै नियम बनाउने प्रक्रिया थालेको छ । विज्ञसहितको अध्ययन टोलीले दूरसञ्चार क्षेत्रमा क्रसहोल्डिङ रोक्ने छुट्टै निर्देशिका बनाउन सुझाव दिएको तीन वर्षपछि सरकारले नियम बनाउन लागेको हो ।
पूरा पढ्नुहोस्
विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थासहित ८७ कम्पनीले अनुमति माग गरेका छन्।
पूरा पढ्नुहोस्
सेयर बिक्रीबापतको पुँजीगत लाभकर नतिरेर विवादमा परेको दूरसञ्चार सेवा प्रदायक एनसेल प्रालिलाई वातावरण प्रदूषणसम्बन्धी एक मुद्दामा पनि जरिवाना गरिएको छ । ललितपुरको एकान्तकुनास्थित सम्पर्क तथा कर्पोरेट कार्यालयमा जडान गरिएका चारवटा डिजेल जेनेरेटर सेटबाट धूवाँ र ध्वनि प्रदूषण गरी स्थानीयको जनस्वास्थ्यमा असर गरेको भन्दै एनसेललाई जरिवाना भएको हो ।
पूरा पढ्नुहोस्
निम्न मानव विकास भएको मुलुकबाट नेपाल मध्यम मानव विकास भएको मुलुकको सूचीमा पुगेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले हरेक वर्ष निकाल्ने मानव विकास प्रतिवेदनमा गत वर्षको तुलनामा एक स्थान माथि उक्लँदै नेपाल मध्यम मानव विकास भएका मुलुकको सूचीमा पुगेको हो ।
पूरा पढ्नुहोस्
ललितपुरको सेन्ट जेभियर स्कुलले एक वर्षअघिसम्म अभिभावकलाई विद्यार्थीबारे केही जानकारी दिनुपरे फोन गथ्र्यो । तर, स्कुलले अहिले मोबाइल एप्समार्फत यस्ता जानकारी दिन्छ ।
पूरा पढ्नुहोस्
नेपालमा सञ्चालित निजी क्षेत्रका पाँचमध्ये तीन टेलिफोन सेवा प्रदायक कम्पनीले आगामी दुई वर्षभित्र सर्वसाधारणलाई सेयर बिक्री गरी सार्वजनिक (पब्लिक) कम्पनीमा रूपान्तरण हुनुपर्नेछ । व्यवस्थापिका–संसद्ले गत मंगलबार पारित गरेको ‘कम्पनी ऐन–२०६३’ को पहिलो संशोधनअनुसार पाँचमध्ये तीन कम्पनी आगामी दुई वर्षभित्र पब्लिकमा रूपान्तरण भइसक्नुपर्ने देखिएको हो । नयाँ व्यवस्थाअनुसार निजी क्षेत्रका एनसेल प्रालि, युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) र नेपाल स्याटलाइट टेलिकम प्रालिले आगामी दुई वर्षभित्र सर्वसाधारणलाई सेयर जारी गरिसक्नुपर्नेछ ।
पूरा पढ्नुहोस्