विश्वप्रकाश शर्मा का लेखहरु

नयाँ संविधान पछिको नेपाल नवीन ढंगले समुन्नतितर्फ अघि बढ्ने आशा र विश्वास आज एक ढंगले खण्डित अवस्थामा पुगेको छ । अत: नेपाली कंग्रेसले आफूलाई निर्णायक नायकत्वको भूमिकामा प्रस्तुत गर्नेतर्फ लाग्नु देश र भावी पुस्ताप्रतिको कर्तव्य हुन आएको छ । अहिले सबैको निष्कर्ष छ– निराशा, अन्यौल, आवेग र असहिष्णुता समाजमा बढ्दै गएको छ ।
पूरा पढ्नुहोस्
विश्व मानचित्रमा रहेको कुनै एउटा देश बाटो बनाउने, बिजुली निकाल्ने, उद्योग खोल्ने, सबैलाई रोजगारी दिने, रोटी–औषधी र पानी प्रबन्ध गर्ने सपना बोक्छ । तर सँगैमा त्यो देशका राजनीतिज्ञ भने पूर्वाग्रह रोप्छन्, आशा र विश्वास भत्काउँछन्, एकता खण्डित गर्छन्, शिरमा दम्भ बोक्छन् र असहिष्णुतालाई अघि लगाउँछन् भने त्यो देशको भविष्य के हुन्छ, लामो व्याख्या गरिरहनु पर्दैन ।
पूरा पढ्नुहोस्
महाअभियोग प्रस्ताव पारित गर्न चाहिने दुई तिहाइको गणित पुग्न कांग्रेस–एमाले–माओवादी ‘एक’ नभई सम्भव छैन। एमाले–माओवादी त प्रस्तावकनै भइहाले, कांग्रेसले अन्तिम समयमा निर्णय लिनेछ।
पूरा पढ्नुहोस्
अख्तियार दुरुपयोग अनुसान्धन आयोगका प्रमुखमा लोकमानसिंह कार्कीलाई कांग्रेस, एमाले र माओवादी मिलेर नियुक्ति गर्दा गम्भिर त्रुटी भएको थियो । तत्कालिन प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला र तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले कार्कीलाई अख्तियार प्रमुख बनाउन नहुने अडान लिईराखेपनि अन्तत: टिक्न सक्नु भएन । जुन बाध्यता र परिस्थितीबीच उनलाई अख्तियारको प्रमुख बनाईयो त्यो नै गम्भिर त्रुटी थियो । प्रमुख तीन दल मिलेर गरेको यो त्रुटीलाई सच्चाउने अवसर यतिबेला प्राप्त भएको छ ।
पूरा पढ्नुहोस्
संविधान कार्यान्वयनसँगै आर्थिक समुन्नतिको लक्ष्यमा ऐक्यबद्ध हुनु नै अब सबै राजनीतिक आन्दोलनहरुको अभीष्ट र अग्निपरीक्षा बन्नुपर्छ ।
पूरा पढ्नुहोस्
घाँटीको क्यान्सर अप्रेसनपछि जीवनको अन्तिमकालमा वीपी कोइरालाको स्वर पुरै पातलिएको थियो । सानो स्वरमा विस्तारै बोल्नुहुन्थ्यो, मानिस उहाँबाट कलात्मक भाषण होइन, जीवन्त विचारको अपेक्षा राख्थे र त्यो पाउँथे पनि ।
पूरा पढ्नुहोस्