लीला श्रेष्ठ का लेखहरु

एघार वर्षदेखि रोकिएको थिमिको जिब्रो छेड्ने जात्रालाई बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले निरन्तरता दिने भएका छन्। पछिल्लोपटक २०६३ मा कृष्ण नानिचा श्रेष्ठले जिब्रो छेडेयता जात्रा रोकिएको छ।
पूरा पढ्नुहोस्
भैरहवाका ७४ वर्षीय होमनाथ आचार्यलाई टन्सिल बिग्रिएर घाँटीमा क्यान्सर भएको छ । भरतपुर क्यान्सर अस्पतालमा उपचार गर्ने क्रममा उनलाई रेडियोथेरापी गराउनुपर्ने भयो । भरतपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी गर्ने कोबाल्ड र लिन्याक मेसिन बिग्रिएको भन्दै उनलाई जेठ २१ मा भक्तपुर अस्पताल पठाइयो ।
पूरा पढ्नुहोस्
विनाशकारी भूकम्पले लगनटोल–१२, काठमाडौंका ५७ वर्षीय हीराकाजी महर्जन आत्तिए । टोलवासी सडकमा बास बस्न थाले । दिनचर्या बदलियो । उनी अल्कोहलको लतमा परे । डेढ वर्षअघि हीराकाजीको एक्कासि मुखबाट रगत आउने, बेहोस हुने भएपछि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गर्न पुगे ।
पूरा पढ्नुहोस्
जिल्लाका ४ स्थानीय तहले प्रथम नगर परिषद् सम्पन्न गरेका छन् । ४ नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष ०७४/७५ का लागि कुल बजेट २ अर्ब ८४ करोड ५२ लाख ८३ हजार रुपैयाँ रहेको छ । भक्तपुर नगरपालिकाको नगर परिषद्ले १ अर्ब ५ करोड ५५ लाखको बजेट सार्वजनिक गरेको छ ।
पूरा पढ्नुहोस्
विनाशकारी भूकम्पले मध्यपुर थिमि नगरपालिका ४, दुईपोखरीका रत्नहरि श्रेष्ठको घरमा पूर्णरूपमा क्षति पुग्यो । माटो र इँटाबाट बनेको चारतले घर भूकम्पका कारण धराप अवस्थामा छ ।
पूरा पढ्नुहोस्
मध्यपुरथिमी नगरपालिका ४ बालकुमारीस्थित ऐतिहासिक शीतल महादेव मन्दिरको दक्षिणतर्फको भाग भत्किएको छ । उत्तरतर्फको भाग भत्किएर खस्ने अवस्थामा पुगेको छ । सत्तलको माथिल्लो छानाको एक पाखा प्वाल परेको छ । अर्कोतर्फ घाँस उम्रिएर गजुरै छोपिएको छ ।
पूरा पढ्नुहोस्