लक्ष्मी साह का लेखहरु

पसाहा खोलाछेवैका दुई दलित बस्ती अहिले खण्डहरजस्तै छन् । बाढीले यहाँका सबैजसो कच्ची घर भताभुंग बनाइदियो । अहिले बाढी क्रमश: घट्दै छ तर स्थानीयको सकस झन् बढ्दो छ ।
पूरा पढ्नुहोस्
रौतहटको, देवाही गोनाही गाउँपालिका–२ की ६२ वर्षीया छठिया देवी चार दिनयता चिउरा र दालमोठले धानिएकी छन् । त्यो पनि गाउँलेले दिएका हुन् । उनको त घरसँगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिइरहेकी छन् ।
पूरा पढ्नुहोस्
कलैया १४ का वासुदेव पासवानको न घर छ, न त उनले जीवनयापनका लागि पालेका सुँगुर नै । बस्ने घर र आयस्रोतका लागि पालिएका दर्जन बढी सुँगुर पसाहा खोलाको बाढीले बगाएपछि परिवारमा रुवाबासी छ ।
पूरा पढ्नुहोस्
बाढीको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथलैया–निजगढ सडकखण्डको दुधौरा पुल भासिएपछि डाइभर्सन बनाएर मंगलवारदेखि एकतर्फी सवारी सञ्चालन गरिएको छ ।
पूरा पढ्नुहोस्
पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा पुल भासिएको छ । पानीको बहावले पुलको पिल्लर १ मिटरसम्म भासिएपछि दुई पाङ्ग्रे तथा हल्का बाहेक ठूला सवारीको आवागमन ठप्प छ । तीन वर्षअघि उक्त पुल बाढीकै बेला भासिएपछि मर्मत गरिएको थियो ।
पूरा पढ्नुहोस्
पसाहा खोलामा आएको बाढीमा डुबेर एक बालकको आइतबार मृत्यु भएको छ । अर्को एक बालकको उद्दार गरिएको छ । दुबै जना गढीमाई मन्दिर नजिक बाढीको पानीमा एकाएक फसेका थिए ।
पूरा पढ्नुहोस्
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया– निजगढ सडकको दुधौरा पुल भासिएको छ । आइतबार बिहान पुल भासिएपछि यातायात ठप्प भएको छ । ठूला सवारी बाटोमै रोकिएका छन् । तीन वर्ष अगाडि पनि यो पुल भासिएको थियो ।
पूरा पढ्नुहोस्
जिल्लाको विभिन्न खोलामा आएको बाढी र भीषण बर्षाको पानीले यहाँका सयौं परिवार थुनिएका छन् । उद्धार तथा राहतको लागि उनीहरुले सामाजिक सञ्जाललगायत सरोकारवालाहरुलाई फोन मार्फत गुहार गरिरहेका छन् ।
पूरा पढ्नुहोस्