रोयटर्स का लेखहरु

बंगलादेश र म्यान्मारबीच रोहिंग्या शरणार्थीलाई दुई महिनाभित्र फिर्ता गर्ने सहमति भएको छ । बंगलादेश भागेका रोहिंग्या शरणार्थीलाई फिर्ता गर्न विश्वभरबाट माग भइरहेका बेला म्यान्मारकी नेतृ आङ सान सुकी र बंगलादेशका विदेशमन्त्री एएच महमद अलिबीच म्यान्मारको न्यापितमा भएको बैठकमा उक्त सहमति भएको हो ।
पूरा पढ्नुहोस्
जर्मनीमा गठबन्धन सरकार गठनका लागि भएको वार्ता भंग भएपछि एन्जेला मर्केलको पुन: चान्सलरमा नियुक्त हुने सम्भावना टरेको छ । यससँगै युरोपको ठूलो अर्थतन्त्र जर्मनी नयाँ निर्वाचनोन्मुख भएको छ ।
पूरा पढ्नुहोस्
पेरु प्ले–अफको दोस्रो लेगमा न्युजिल्यान्डलाई २–० ले हराएर वुधबार विश्वकप २०१८ मा छनोट हुने अन्तिम टिम भएको छ । यससँगै अर्को वर्ष रुसमा हुने विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ टिमले पूर्णता पायो ।
पूरा पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल रिजर्भको प्रमुखमा जेरोम पावेललाई रोजेका छन् । ६४ वर्षीय कानुनविद् तथा पूर्व लगानी बैंकर पावेल फेडरल रिजर्भकै कार्यकारी समिति सदस्य हुन् ।
पूरा पढ्नुहोस्
सन् २००९ मा श्रीलंकाली टिममाथि आतंककारी आक्रमण हुँदा संयमित हुँदै बचाउ गर्ने बसचालक मेहर मोहम्मद खालिल खुसी छन्, लाहोरमा फेरि अन्तर्राष्ट्रिय क्रिकेट फर्कंदै छ भनेर । श्रीलंकाले आइतबार ट्वान्टी–ट्वान्टी खेलमा पाकिस्तानको सामना गर्दै छ । यो कुनै पनि अन्तर्राष्ट्रिय टिमले सन् २०१५ मा जिम्बावेयता पाकिस्तानी भूमिमा खेल्न लागेको हो ।
पूरा पढ्नुहोस्
भ्यालेन्सियाले शनिबार अलाभेसलाई २–१ ले पराजित गरी स्पेनिस लिग फुटबलमा बार्सिलोनासँग शीर्ष स्थानको दूरी १ अंकमा छोटयाएको छ । लगातार छैटौं विजय हात पारी भ्यालेन्सियाले सिजनमा अहिलेसम्मकै उत्कृष्ट सुरुआत गरेको हो ।
पूरा पढ्नुहोस्