राजु घिसिङ का लेखहरु

अन्तर्राष्ट्रिय यात्राको ३१ वर्षमा नेपाली महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बल्ल पाँच खेल खेलेको छ । त्यसमध्ये तीन खेल मलेसियासँग । पुसमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले १–० को जित हात पारेको थियो । कोटा किनाबालुमा भने एक खेल १–१ को बराबरीमा टुंगियो र अर्को खेल घरेलु टिम मलेसियाले ४–१ ले जित्यो । त्योसँगै नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ ।
पूरा पढ्नुहोस्
सूर्य नेपाल गल्फ टुर सन् २००८ मा सुरू भएको थियो । अहिले टुरको नवौं सिजन समाप्तिको संघारमा छ । टुरमा हालसम्म ७५ प्रतियोगिता भएका छन् । त्यसमध्ये ३३ प्रतियोगितामा शिवराम श्रेष्ठ च्याम्पियन बनेका छन् ।
पूरा पढ्नुहोस्

उपाधि होड

राजु घिसिङ, जेष्ठ ६, २०७४
इंग्लिस प्रिमियर लिगमा आएको पहिलो सिजनमै एन्टोनियो कोन्टेले चेल्सीलाई दुई खेलअगावै च्याम्पियन बनाए । गएको सिजन चेल्सीबाट वर्खास्त गरिएका जोसे मोउरिन्होले सम्हालेको म्यानचेस्टर युनाइटेड भने च्याम्पियन्स लिगमा छनोट हुन पनि युरोपा लिगको फाइनलमा च्याँखे थापेर बसेको छ । जर्मनीमा बायर्न म्युनिखले लगातार पाँचौंपल्ट बुन्डेस लिगा कब्जा गरिसकेको छ ।
पूरा पढ्नुहोस्
युरोपेली फुटबलमा रियल म्याड्रिड र बार्सिलोनासँग दाँजिने टिम हो बायर्न म्युनिख । यो जर्मन क्लबले घरेलु बुन्डेस लिगामा एकछत्र राज गर्दै आएको छ र महादेशीय च्याम्पियन्स लिगमा पनि शानदार प्रदर्शन गरिरहेको छ । त्यसैले बायर्नका लागि जुनसुकै प्रतियोगितामा पनि मुख्य लक्ष्य ट्रफी चुम्ने नै हुने गरेको छ ।
पूरा पढ्नुहोस्
राष्ट्रिय फुटबल टिमका २० खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मासिक १५ हजार रुपैयाँ तलब दिइरहेको छ । अहिले नेपाली फुटबलरको सबैभन्दा ठूलो कमाइ त्यही हो । २०७०/७२ को लिगसम्म राष्ट्रिय खेलाडीले क्लबबाट मात्र मासिक ५० हजारदेखि ७५ हजार रुपैयाँसम्म तलब थापेका थिए । दुई वर्षयता उच्च श्रेणीको लिग नहुँदा त्यो आम्दानी लगभग शून्यमा झरेको छ ।
पूरा पढ्नुहोस्
इटालियन गोलकिपर जियानलुइजी बुफोनले आउने ‘ट्रान्सफर विन्डो’मा हट–केक बन्ने देखिएका फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पे जन्मनुभन्दा तीन वर्षअघि नै व्यावसायिक फुटबलमा करिअर सुरु गरेका थिए । अहिले एम्बाप्पे १८ वर्षका भएका छन् । बुफोन ३९ । यी दुई युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा आज राति एक–अर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।
पूरा पढ्नुहोस्