राजबहादुर शाही का लेखहरु

जिल्लामा कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार हस्तबहादुर मल्ल सिंगो कर्णालीमा प्रत्यक्षतर्फ सांसद दोहोर्‍याउने एक्ला नेता हुन् । उनी यसपटक आफ्नो जितलाई ‘हयाट्रिक’ बनाउन चाहन्छन् । त्यसका लागि उनले वाम गठबन्धनका बलिया उम्मेदवार एमालेका गोपाल बमलाई हराउनुपर्नेछ ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार हस्तबहादुर मल्ल रुगाथार्प गाउँको मस्टा देवताको मन्दिर पुगे । झाँक्रीबाट आशीर्वाद लिएर चुनावी अभियानमा निस्किए । झाँक्री तारासिंह बोहराले जित्ने भन्दै टीका लगाइदिएपछि उत्साहित हुँदै चुनावी घरदैलोमा व्यस्त छन् । मनोनयनको तीन दिनपछि ग्रहदशा हेराउन मन्दिर पुगेका थिए ।
पूरा पढ्नुहोस्
छायाँनाथ रारा नगरपालिका वडा नं. १० जिउलागाउँकी २२ वर्षकी सरस्वती नेपालीले मंगलबार दिउँसो बाटौमै बच्चा जन्माएकी छन् ।
पूरा पढ्नुहोस्
६४ वर्षे कोज्योक ङुटुप लामा हुम्लाको सिमकोट गाउँपालिका १ का निर्वाचित वडा सदस्य हुन् । १५ वर्षीय नाति नोर्गेलाई लिएर उनी चामल लिन गमगढी आइपुगेका छन् । टोलीमा दोजाम गाउँका अरू ९ जना छन् । उनीहरूले आफ्ना र छिमेकीका गरेर झन्डै ३ सय भेडाबाख्रा पनि ल्याएका छन्, चामल बोक्न ।
पूरा पढ्नुहोस्
खत्याड गाउँपालिकामा दुई सातायता फैलिएको भाइरल ज्वरोले ४ जनाको मृत्यु भएको छ । गाउँमा सयांै बिरामी छन् । स्थानीयका अनुसार ज्वरोले सेरी साटबाड गाउँका ५९ वर्षीय सिंहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीया मागी रोकाया, पैखुगाउँका ५६ वर्षीय धनसिंह थापा र ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
प्रदेशसभा सदस्यका लागि दुई युवा नेताबीच चुनावी प्रतिस्पर्धा देखिएको छ । क्षेत्र १ (क) बाट कांग्रेसबाट ४३ वर्षीय तिलकबहादुर मल्ल र वाम गठबन्धनबाट एमालेका ३२ वर्षीय दानसिंह परियार पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन् ।
पूरा पढ्नुहोस्