राजकुमार कार्की का लेखहरु

स्थानीय तहअन्तर्गत सिन्धुलीका दुईवटै नगरपालिका एमालेले हात पारेको छ । कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत वडाध्यक्षसहित एमाले विजयी बनेको हो । दुधौली नगरपालिकामा माओवादी उमेदवारसँग झिनो मतान्तरले एमालेले मेयर जितेको छ । दुधौली नगरपालिका मेयरमा एमालेका घनश्याम राउत ८५८९ मत प्राप्त गरी शुक्रबार निर्वाचित भएका छन् ।
पूरा पढ्नुहोस्
स्थानीय तह अन्तर्गत सिन्धुलीको सुनकोसी गाउपालिकामा माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल, ३४३३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएकी छिन् । प्रमुख पदमा जित्ने उनी एकमात्र महिला हुन् । उनको निकटतम प्रतिद्धन्दी कांग्रेसका कपिल कोइरालाले ३२१२ मत प्राप्त गरे ।
पूरा पढ्नुहोस्
सिन्धुलीको ९ वटा स्थानीय तह अन्तर्गत ७ वटा गाउपालिकामा तीनवटामा विजय हासिल गरेर कांग्रेसले अग्रता लिएको छ । तीनपाटन गाउपालिकामा झिनो मत अन्तरले कांग्रेसका कर्णबहादुर थापामगर अध्यक्षमा विहीबार विजयी भएका छन् । उनले १९ मतान्तरले जीत हात पारेका हुन् । गाउपालिका अध्यक्षमा निर्वाचित थापामगरले ५७०१ मतले विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी एमालेका छत्र दाहालले ५६८२ मत प्राप्त गरेका थिए ।
पूरा पढ्नुहोस्
सिन्धुलीको गाउँपालिकाअन्तर्गत चारवटाको परिणाम आएको छ । दुईवटा नेपाली कांग्रेसले जितेको छ भने दुईवटा माओवादी केन्द्रले जितेको छ । घ्याङलेक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जगतबहादुर भोलनले २४२४ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसकै दुर्गादेवी सुनुवारले २२८७ मत ल्याएर विजयी भएका छन् ।
पूरा पढ्नुहोस्
सिन्धुलीको गाउँपालिका अन्तर्गत मरिनमा सबै पदमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् ।
पूरा पढ्नुहोस्
दिनभरि भोट माग्न व्यस्त हुने उम्मेदवारसँगै अधिकांश दलका कार्यकर्ता साँझ परेपछि सहरका स–साना भट्टी छिर्छन् । अलिक पैसा हुने र उपल्लो तहका कार्यकर्ता भने गतिला र राम्रा रेस्टुरेन्ट पस्छन् । सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स–साना बजार पछिल्ला दिन यिनै ग्राहकले गुल्जार छन् ।
पूरा पढ्नुहोस्