रवीन्द्र उप्रेती का लेखहरु

निर्वाचन प्रयोजनका लागि नेपाली सेनाले भाडामा लिएको गाडीले ठक्कर दिँदा सोमबार एक दलित बालिकाको मृत्यु भएको छ । प्रहरीकाअनुसार फस्ट रैफल गणको औरहीस्थित प्लाटुन अपरेटिङ बेल्टले प्रयोग गरेको ना ४ च १५४१ नंको पिकअपमा साँझतिर ठोकिँदा औरही नपा ५ श्रीपुरकी ७ वर्षीया किरणकुमारी रामको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
स्थानीय तह निर्वाचनका लागि जिल्लाभरका मतदान केन्द्रमा उत्साह देखिएको छ । यस्तो उत्साह ग्रामिण भेगमा अझ बढी देखिएको छ । जिल्लाका १५ वटै नगर तथा गाउँपालिकामा रहेको ४ सय १५ मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाम लागेको छ ।
पूरा पढ्नुहोस्
स्थानीय तह निर्वाचनको सबै तयारी पुरा भएको जलेश्वरस्थित मूख्य निर्वाचनको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जिल्लाका १० नगर र ५ गाउँपालिकामा सोमबार हुने निर्वाचनकालागि कर्मचारी व्यवस्थापनदेखि बन्दोवस्तिका सम्पूर्ण काम पुरा भएको जनाए ।
पूरा पढ्नुहोस्
थारू–दनुवार समुदायको बाहुल्य रहेको गौशाला नगरपालिका–७ जमुनिया अहिले दैनिकजसो स्थानीय तह चुनावका उम्मेदवारको ताँती लाग्छ । उनीहरू अनेक आश्वासन दिँदै भोट माग्छन् ।
पूरा पढ्नुहोस्
अज्ञात समूहले यहाँको एक कंक्रिट उद्योगमा बुधबार राति आगजनी गरेको छ । मध्य राततिर आएको समूहले बर्दिवास नगरपालिका-२ स्थित हङकङ डाडाँमा सञ्चालित सोनामाई कंक्रिट उद्योगको भ्याकुम लोडरमा आगो लगाएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दलले प्रदेश २ को स्थानीय तह चुनावलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् । यस प्रदेशबाट एक नम्बर स्थान कसले ल्याउने भन्नेमा मुख्य दलका नेताबीच रस्साकसी सुरु भएको छ । मतदाता आकर्षित गर्न नेताहरू आरोप–प्रत्यारोपसम्मै उत्रिएका छन् ।
पूरा पढ्नुहोस्
चारकोसे झाडीनजिकको तारेचौरी गाउँ सोमबार बिहान सुनसान देखिन्थ्यो । न दलका झन्डा टाँगिएका थिए न त पोस्टर पम्प्लेट । घर, सडक सबैतिर चकमन्न थियो ।
पूरा पढ्नुहोस्