युग पाठक का लेखहरु

इतिहासका पुराना भाष्यमाथि प्रश्न उठेपछि हिजोआज चलेको एउटा रैथाने प्रतिप्रश्न छ— पुराना चिहान खोतलेर के पाइन्छ ? यो प्रतिप्रश्नले पुराना कागजपत्रको धूलोमा पुरिंदै नेपालको आर्थिक इतिहास उत्खनन् गरिरहेका महेशचन्द्र रेग्मीको घुर्मैलो आकृति सम्झाउँछ ।
पूरा पढ्नुहोस्
जब राज्यमा सबैको हक लेख्ने बेला भयो तिनीहरूमध्ये धेरैले अचानक आफ्नो जात सम्झिए । अनि भने, इलाबहादुरहरूलाई दलित भएकै कारण छुट्टै भाग किन दिने ? रगत सबैको रातै छ, जसले सक्छ उसले खान्छ ।
पूरा पढ्नुहोस्
निजी क्षेत्रबाट शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजीकरणको पञ्जाबाट फुत्काएर राज्यको दायित्वमा ल्याउने योजना गगनले ल्याउन सक्छन् ? त्यसका लागि कांग्रेस तयार हुन्छ ?
पूरा पढ्नुहोस्
संविधान जारी हुनासाथ टुँडिखेलमा आयोजित सभामा प्रचण्डले माधव घिमिरेको एउटा गीत उद्धृत गरेका थिए– ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।’ यो पंक्ति राजा महेन्द्रको एउटा भाषणबाट लिइएको हो भन्ने तथ्य धेरै कमलाई याद होला । चाखलाग्दो संयोगचाहिँ के भने यही पंक्तिलाई गणतन्त्रको आँधी सिर्जना गर्ने माओवादी आन्दोलनका नेताले उद्धृत गरेका थिए । र अन्धवेग थियो, राष्ट्रवादको ।
पूरा पढ्नुहोस्
संकटको ऐनामा आफ्नो चेहरा सबैभन्दा प्रस्ट देखिन्छ । नेपाल अहिले आफ्नो वास्तविक अनुहार हेर्ने यस्तै ऐनाको सामुन्ने छ । मुलुक मधेस आन्दोलनबाट झक्झोर छ, नाकाबन्दीबाट आतंकित छ र कानुनको कान समाएर घोडा कुदाइरहेका कालोबजारी र तस्करीबाट आक्रान्त छ । नयाँ संविधानका त्रुटिपूर्ण धाराबाट बग्नथालेको असन्तोष भूराजनीतिक चक्रव्यूहमा फँस्न पुगेको छ ।
पूरा पढ्नुहोस्
Taarifant
इनर्जी (ऊर्जा) न पैदा गर्न सकिन्छ, न नष्ट नै । ऊर्जाले रूप बदल्न सक्छ वा एक वस्तुबाट अर्कोमा सर्न सक्छ । भौतिक विज्ञानले यसै भन्छ । भुईंचालो मार्फत आएको ऊर्जा मान्छेको समाज र मनोविज्ञानमा चाहिँ कसरी सर्छ ?
पूरा पढ्नुहोस्