माधव घिमिरे का लेखहरु

सोमबार १ मे अर्थात् मे दिवस । श्रम गरेर हातमुख जोड्ने मजदुरका हक, अधिकार प्राप्तिका लागि संघर्षलाई स्मरण गराउने यो दिनमा नेपालसहित विश्वभर कार्यक्रम गरी मनाइन्छ ।
पूरा पढ्नुहोस्
एक भारतीय युवकले छोरीको हत्या गरेका छन् । छोरीको हत्यापछि आत्महत्याको प्रयास गरेका उनी घाइते भएका छन् । भारत घर भइ इलाम नगरपालिका ७ मा बस्दै आएका राजु चौधरीले शुक्रबार छोरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
सुनसरीको कोसीटप्पु बन्यजन्तु आरक्ष र आसपास क्षेत्रमा विश्वमै दुर्लभ मानिएका चराहरु पनि पाइन्छन् । यही कारण चरा अध्ययनका लागि केन्द्र मानिंदै आएको यो स्थानमा स्वदेशी तथा विदेशी अनुसन्धाताहरुको समूह समूह आउने गरेको छ । तर केही समययता कोसीटप्पु क्षेत्रमा बासस्थान मासिंदै गएकाले चराचुरुंगीको संख्या घट्न थालेको छ ।
पूरा पढ्नुहोस्
घडी बनाउने, मकै पोलेर बेच्ने, भक्का बनाउने, दाह्री कपाल काट्ने, जुत्ता चप्पल सिलाउने, तरकारी, खुद्रा सामान बेच्ने । यस्ता सामान्य लाग्ने व्यवसाय गर्नेहरु हरेकजसो सहर–बजार अनि हाटका अभिन्न अंगजस्तो लाग्छन् । सानो लगानी, यताउता सार्न सहज अनि सर्वसाधारणको पहुँचमा हुने यस्तो व्यवसाय गर्नेहरू सन्तुष्ट देखिन्छन् ।
पूरा पढ्नुहोस्
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपाखेरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । को १ ख ४९८८ नम्बरको बस सोमबार राति अनियन्त्रित भइ पल्टेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । घाइते १२ जनाको पथरीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।
पूरा पढ्नुहोस्
पूर्वी पहाडी जिल्ला किसानको मिहेनतले भएको उन्नतिका कारण अग्रणी छन् । कृषि कर्मबाट यस क्षेत्रका किसानले उल्लेख्य रूपमा नगद भित्र्याउने गरेका छन् । परम्परागत खेती प्रविधिबाटै भइरहेको कृषि कर्मलाई आधुनिक प्रविधियुक्त बनाएर अझ बढी लाभ लिन सकिने अवस्था भए पनि यसतर्फ ठोस काम हुन नसक्दा सोजेजति उपलब्धि भने लिन सकिएको छैन ।
पूरा पढ्नुहोस्