मनोज पौडेल का लेखहरु

५० भन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरिसकेका चल्तीका युवा द्वन्द्व निर्देशक चन्द्र पन्तलाई भलिउडको रमझमले तानेको छ । त्यसो त कलिउडका विराज भट्ट, निखिल उप्रेती, रजनी केसीलगायत धेरै कलाकारलाई भोजपुरी चलचित्रले नतानेको होइन ।
पूरा पढ्नुहोस्
स्थानीय उमेश बास्कोटाले कपिलवस्तु नगरपालिका १ आनन्दवागमा बसोबास थालेको ३० वर्ष भयो । तर प्रत्येक वर्षातमा उनको घर छेउमै रहेको राधाकृष्ण मन्दिर अघिल्तिरको सडक डुबानमा पर्छ । सदरमुकाम तौलिहवाबाट पूर्व–पश्चिम राजमार्गतर्फ आउजाउ गरिने प्रमुख बाटो भए पनि यो याममा सास्ती खेप्नुपरेको उनले बताए ।
पूरा पढ्नुहोस्
काठ पाउन मुस्किल हुन थालेपछि निजी वन हुर्काउने उपभोक्ता बढेका छन् । घर निर्माण र व्यावसायिक रूपमा काठ बिक्रीका लागि यहाँ वृक्षरोपण गर्ने बढेका छन् । सरकारी सुविधा नभए पनि गत आवमा यहाँ १९ निजी वन दर्ता भएका छन् ।
पूरा पढ्नुहोस्
बधाइ दिन जानेहरू पहिले तुफेलआलम खाँलाई भेट्छन्, त्यसपछि मात्रै उपमेयरमा निर्वाचित सवमनलाई । शभुचिन्तकसमक्ष सवनम खातुन उपस्थित हुँदासम्म भेट्न आउनेलाई तुफेलआलमले मिठाई र पानी ख्वाएर स्वागत गर्छन् ।
पूरा पढ्नुहोस्
बुद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व वर्षावास सुरु भएको छ । ३ महिने वर्षावास सुरुमा अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीर लुम्बिनीस्थित स्वयम्भू महाचैत्यमा बसेर गरेका छन् । उनीसँगै उनका शिष्य भिक्षु प्रिय रतन आइतबारबाटै वर्षावास बसेका छन् ।
पूरा पढ्नुहोस्
स्थानीय तह निर्वाचन अघिसम्म यी जिल्लामा व्यक्ति–व्यक्तिबीच अविश्वास थियो । अधिकांश बासिन्दा ठूला र साना दलका कार्यकर्तामा विभाजित थिए । कोही निर्वाचनको पक्षमा बहस गर्थे, कोही विरोधमा देखिन्थे । असार १४ गते चुनाव सम्पन्न भएपछि भने यहाँ सामाजिक सद्भाव कसिलो बनेको पाइएको छ । एकअर्काप्रति संशय पाल्ने सबै पक्ष लामो समयपछि जनप्रतिनिधि पाउने खुसीमा एक भएका छन् ।
पूरा पढ्नुहोस्