मञ्जु गुरुङ का लेखहरु

दक्षिण कोरियाका लागि नवनियुक्त राजदुत अर्जुन जंगबहादुर सिंहले आफ्नो ओहदाको प्रमाणपत्र मंगलबार राष्ट्रपति मुन जे इनलाई बुझाएका छन् । सोलको छङ्ह्वा दे (ब्लु हाउस) स्थित राष्ट्रपति कार्यलयमा आयोजित समारोहमा राजदूत सिंहले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
पूरा पढ्नुहोस्
दक्षिण कोरियामा सन् २०१८ को लागि मजदुरको पारिश्रमिक प्रति घण्टा १६.४ प्रतिशतले बृद्धि भएको छ । तलब एक हजार ६० वन बृद्धि भई प्रतिघण्टा ७ हजार ५ सय ३० वन पुगेको छ । यसभन्दा पहिला प्रतिघण्टा पारिश्रमिक ६ हजार ४ सय ७० वन रहेको थियो ।
पूरा पढ्नुहोस्
दक्षिण कोरियाको जेजु टामुमा ईपीएसबाट आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । घोडाको तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीले झुण्डिएर आत्महत्या गरेको दूतावासको स्रोतले जनाएको छ ।
पूरा पढ्नुहोस्
दक्षिण कोरियामा हुने तीन फरक तेक्वान्दो च्याम्पियनसिप खेल्नका लागि २१ सदस्यीय नेपाली तेक्वान्दो टिम यहाँ रहेको छ । असार १० देखि १६ सम्म झल्लाभुक्दोको मुजुमा हुने २७ औ विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालका १० खेलाडीको सहभागिता रहने छ ।
पूरा पढ्नुहोस्
दक्षिण कोरियाको गजेदोस्थित डेउ छोसन नामक पानीजहाज बनाउने कम्पनीमा कार्यरत नेपाली कामदार लालबहादुर थापाको दुर्घटनामा बिहीबार मृत्यु भएको छ । बुधबार दिनको साढे १ बजेतिर कार्यस्थलमै करिब ६ मिटर उचाईबाट लडेर भूइँमा झरेका थिए । कोल्टो परेर झर्दा थापाको एक भाग पुरै क्षति पुगेको थियो । थापालाई तुरुन्तै देउ अस्पताल पुर्‍याइए पनि उपचार गर्न नसकी भुसान अस्पतालमा रिफर गरिएको थियो । रातको साढे २ बजे थापालाई चिकित्सकले मृत घोषित गरेको डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुवर्मा लिम्बूले जानकारी गराए ।
पूरा पढ्नुहोस्
दक्षिण कोरियाको गजेदोमा आयोजित प्रथम डेउ कप फुटबल प्रतियोगिताको उपाधी धरान एफसीले जितेको छ । यसको पुरस्कार राशी ३५ लाख वन (करिब साढे तीन लाख रुपैयाँ) थियो ।
पूरा पढ्नुहोस्