भीमबहादुर सिंह का लेखहरु

पहिलो चरणको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्र खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारीलाई मतदान केन्द्रतर्फ खटाएको हो । कार्यालयले दुर्गम क्षेत्रका मतदान केन्द्रका लागि गत सोमबारदेखि कर्मचारी खटाएको छ ।
पूरा पढ्नुहोस्
पहिलो चरणको निर्वाचन नजिकिँदै गर्दा दलका नेता कार्यकर्ता र उम्मेदवारलाई भोट बटुल्न आमसभा, बैठक र घरदैलो गर्न भ्याई नभ्याई छ । उनीहरू भोट माग्न विकट गाउँगाउँ पुगेका छन् । तर, गाउँका मतदाताले भने रोजगारी खोज्न जिल्ला छाड्ने गरेका छन् । रोजगारको अवसर नहुँदा मतदाताले कमाइका लागि जिल्ला छाड्न बाध्य भएका हुन् ।
पूरा पढ्नुहोस्
सरस्वती आधारभूत विद्यालय मटेला, गर्खाकोटका शिक्षक दीपक बस्नेतको मंगलबार भीरबाट लडेर मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
वाम गठबन्धनका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजीवविक्रम शाहको उम्मेदवारीसँगै जिल्लामा चुनावी चर्चा तीव्र छ । २०७० मा फरक–फरक क्षेत्रबाट चुनाव जितेका उनीहरू अहिले एउटै क्षेत्रमा प्रतिस्पर्धी छन् । दुवैलाई आ–आफ्नो साख कसरी जोगाउने भन्ने चिन्ता छ ।
पूरा पढ्नुहोस्
भेरी नगरपालिका १ रिम्नामा एक बुहारीले बियरको बोत्तलले हिर्काउर सासूको हत्या गरेकी छन् । रिम्नाकी २७ बर्षीया भवानी रानाले ४५ वर्षीया सासू लाई कन्चटमा हिर्काएर हत्या गरेकी हुन् ।
पूरा पढ्नुहोस्
छेडागाड नगरपालिकाको केन्द्र परिवर्तन गर्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । राजपत्र अनुसार मनघाटका कायम भएको नगरपालिकाको केन्द्र थलहबजार आसपास सार्न लागेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । २ दिनदेखि आन्दोलनमा उत्रिएका स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै सडक यातायात तथा संघसंस्था र बजार बन्द समेत गरेका छन् ।
पूरा पढ्नुहोस्