भवानी भट्ट का लेखहरु

कञ्चनपुरको भीमदत्त नगरपालिकाको लेखा शाखा रहेको कोठा खाली गरेर रंगरोगन तथा व्यवस्थापनको काम भइरहेको छ । कोठामा एसी जडान गर्नेदेखि कुर्सी, टेबुल मिलाउने कामसमेत हुँदैछ । प्रशासकीय अधिकृत बस्ने कोठामा पनि केही दिनयता मर्मत सम्भारको काम चलिरहेको छ ।
पूरा पढ्नुहोस्
भीमदत्त नगरपालिका–१ राजीपुरका ४६ वर्षीय हरिलाल डगौराले २ दशकअघिको स्थानीय चुनावमा मतदान गरेका थिए । त्यो बेला र अहिलेको चुनावी माहोल उनलाई निकै फरक लागिरहेको छ । ‘अहिले उत्साह बढी छ,’ उनले भने, ‘बदलिँदो परिवेशले उत्साह बढेको होला ।’
पूरा पढ्नुहोस्
‘हामीलाई न बैंकले ऋण दिन्छ, न त बालीनालीको बिमा हुन्छ, न सहज ढंगले बस्न पाउने वातावरण छ,’ कञ्चनपुरको पुनर्वास नगरपालिकाका केशवप्रसाद तिमिल्सिनाले भने, ‘खेतमा लगाएको बालीसमेत दुधुवाबाट आएका हात्तीले कहिले भित्र्याउन दिँदैनन् ।’
पूरा पढ्नुहोस्
कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा निर्माण हुन लागेको क्रसर उद्योगको स्थानीयले विरोध गरेका छन् । उनीहरूले मापदण्ड विपरीत उद्योग खोल्न लागेको भन्दै निर्माण रोक्न माग गरेका हुन् ।
पूरा पढ्नुहोस्
५ विद्यार्थी संगठनले मनपरी ढंगले शुल्क बढाउने निजी विद्यालयमा तालाबन्दी गरेका छन् । दर्जन बढी विद्यालयमा ताला लगाएका हुन् । विद्यार्थी भर्नासँगै मासिक शुल्कमा समेत मनपरी वृद्धि गरेको उनीहरूको आरोप छ ।
पूरा पढ्नुहोस्
नयाँ परिवेशमा घुलमिल हुन र साथीसंगी चिन्न समय लाग्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका गैंडालाई पनि अहिले यस्तै भएको छ । ती गैंडा आफ्नो बासस्थान, चरन क्षेत्र र पानी खाने ठाउँको खोजीमा छन् ।
पूरा पढ्नुहोस्