बीबीसी का लेखहरु

बेलायतको १५ काउन्सिल क्षेत्रमा रहेका २७ वटा टावर ब्लकहरू अग्नि सुरक्षा परीक्षणमा असफल भएका छन् । क्याम्डेन काउन्सिलले पहिलोपटक आफ्ना टावर ब्लकमा बस्दै आएका बासिन्दालाई भवन खाली गर्न भनेपछि यो तथ्यांक सार्वजनिक भएको हो ।
पूरा पढ्नुहोस्
चीनको सिचुआन प्रान्तमा पहिरो जाँदा १ सय २० जना हराइरहेका छन् । अविरल वर्षापछि आएको पहिरोले माओक्सियन काउन्टीको सिन्मो गाउँका ४० घर बगाएको छ । उक्त स्थानमा एउटा डाँडो नै खसेको छ । पहिरो स्थानीय समयअनुसार शनिबार बिहान ६ बजे आएको थियो । उद्धारकर्मीहरूले हराइरहेका मानिसको खोजी जारी राखेका छन् । तीमध्ये ५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
पूरा पढ्नुहोस्
चिनियाँ यू–२० टिमले आउने सिजन जर्मनीको चौथो डिभिजनमा खेल्न सक्ने भएको छ । यसपल्ट क्षेत्रीय दक्षिण–पश्चिमी लिगका लागि मात्रै १९ टिम छनोट भएका छन् । यसैबीच जर्मन एफएले चीनलाई एउटा टिम बनाई लिगमा प्रवेश गर्न आमन्त्रण गरेको छ ।
पूरा पढ्नुहोस्
बेलायत सरकारले मुलुकभर रहेका ६ सय अग्ला भवनमा लगाइएका आवरण (क्ल्याडिङ) सुरक्षित छन् कि छैनन् भनेर परीक्षण गर्ने भएको छ । लन्डनको एक र अन्य सहरको दुई भवनका नमुना शीघ्र ज्वलनशील रहेको पाइएपछि सरकारले बेलायतभरका अग्ला भवन परीक्षण गर्ने भएको हो ।
पूरा पढ्नुहोस्
दक्षिणी अफगानिस्तानको हेल्मन्द प्रान्तस्थित एक बैंकअगाडि बिहीबार भएको कार बम विस्फोटमा २९ जनाको मृत्यु भएको छ । न्यु काबुल बैंकको लस्कर गाह शाखाको गेटअगाडि बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । मृतकहरूमा सर्वसाधारण र सुरक्षाफौजका सदस्य छन् ।
पूरा पढ्नुहोस्
भारतीय र पाकिस्तानी क्रिकेट टोलीबीच च्याम्पियन्स ट्रफी फाइनलमा पाकिस्तानी टोलीको समर्थन गरेको आरोपमा पक्राउ परेका १५ भारतीय मुस्लिमलाई प्रहरीले देशद्रोहको सट्टामा सामाजिक सद्भाव भड्काएको आरोपमा मुद्दा दायर गर्ने भएको छ ।
पूरा पढ्नुहोस्