बीबीसी का लेखहरु

म्यानमारबाट भागेका अधिकांश रोहिंग्या जलमार्ग हुँदै बंगलादेश छिर्ने गरेका छन् । बंगलादेशले आफ्नो देशमा ४ लाख रोहिंग्या भएको भन्दै उनीहरुको गतिविधि नियन्त्रण गर्ने घोषणा गरिसकेको छ ।
पूरा पढ्नुहोस्
मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पश्चिमी म्यान्मारस्थित राखिने राज्यका रोहिंग्या समुदायको गाउँमा ‘सुनियोजित’ रूपमा आगजनी गरिएको भू–उपग्रह तस्बिरबाट प्रस्ट भएको जनाएको छ । ती तस्बिरहरू म्यान्मारको सुरक्षा फौजले अल्पसंख्यक मुस्लिम रोहिंग्या समुदायलाई देशबाट लखेट्न आगो लगाएको उसले बताएको छ ।
पूरा पढ्नुहोस्
भारतीय प्रहरीले १० वर्षीया बालिकाको बलात्कारको पुरानो मुद्दालाई पुन: ब्युँताएको छ । उक्त १० वर्षे बालिकाले गत महिना अघि बच्चा जन्माएसँगै त्यसको डीएनए परिक्षण गर्दा बलात्कार गरेको अभियोगमा कारागारमा रहेका काकासँग नमिलेपछि प्रहरीलाई अहिले त्यो टाउको दुखाईको विषय बनेको छ ।
पूरा पढ्नुहोस्
संयुक्त राष्ट्रसंघले हाइड्रोजन बमको परीक्षणपछि उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्धहरू लगाएको छ । सुरक्षा परिषद्बाट सर्वसम्मतिले पारित नयाँ प्रस्तावहरू परमाणु कार्यक्रमका लागि रकम जुटाउन उत्तर कोरियाले निर्यात गर्ने कपडा तथा तेलको आपूर्तिप्रति लक्षित छन् ।
पूरा पढ्नुहोस्
क्यारिबियन क्षेत्रमा ठूलो क्षति पुर्‍याएको शक्तिशाली आँधी इर्मा बाहामस र उत्तर–पूर्वी क्युबाबाट अगाडि बढ्दै गर्दा व्यापक वर्षा गराएको छ । वर्षासँगै अमेरिकाको तटीय क्षेत्र फ्लोरिडा र छिमेकको जर्जियामा आँधीले ठूलो विनाश गर्ने जोखिम बढेको अधिकारीले जनाएका छन् ।
पूरा पढ्नुहोस्
नोबल पुरस्कार विजेता मलाला युसुफजाईले म्यान्मारका मुस्लिम अल्पसंख्यकको संरक्षण गर्न ‘अन्तर्राष्ट्रिय समुदाय’ले हस्तक्षेप गर्नुपर्ने जनाएकी छन् ।
पूरा पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि सैन्य कारबाही अपरिहार्य भएको बताएका छन् । ट्रम्पका अनुसार उत्तर कोरियाली गतिविधिका कारण यस्तो अवस्था सिर्जना भएको हो ।
पूरा पढ्नुहोस्
क्यारिबियन क्षेत्रमा आएको ‘इर्मा’आँधीले कम्तीमा १८ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार ७ जना हराइरहेका छन् । १० लाख मानिस विस्थापित भएको जनाइएको छ । अमेरिकाको तटीय क्षेत्र फ्लोरिडा र छिमेकको जर्जियामा आँधीले ठूलो विनाश गरेको संघीय संटकाल व्यवस्थापन निकायले जनाएको छ ।
पूरा पढ्नुहोस्
किलियन एमबाप्पेले डेब्यु खेलमा गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिगमा मेट्जविरुद्ध ५-१ को जित दर्ता गरेको छ । अंक तालिकाको पुछारमा रहेको मेट्जले खेलको पहिलो हाफसम्म १-१ को बराबरीमा खेललाई रोकेको थियो ।
पूरा पढ्नुहोस्