बसन्तप्रताप सिंह का लेखहरु

प्रत्यक्ष तर्फका प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिट वाम गठबन्धनले जितेको बझाङमा समानुपातिक तर्फ भने नेपाली कांग्रेसले बढी मत ल्याएको छ ।
पूरा पढ्नुहोस्
एमालेका तत्कालीन महासचिव मदन भण्डारीले भनेका थिए, ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’ यही भनाइ बझाङका नव निर्वाचित सांसद भैरवबहादुर सिंहको जीवनमा पनि मेल खान्छ । ३ पटक प्रतिनिधिसभा र एकपटक राष्ट्रिय सभाको चुनावमा पराजित सिंह राजनीतिमा थाकेनन् । प्रयत्न गरिरहे । पाँचौंपटकमा उनले जित आत्मसात् गरेका छन्, गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने पहिलो संघीय संसदको सदस्य निर्वाचित भएर ।
पूरा पढ्नुहोस्
मतपेटिका ओसार्न गाउँ पुगेको हेलिकप्टर विवादपछि त्यसै फर्किएको छ । मतपेटिका बोकेको हेलिकप्टर को/को चढ्ने भन्ने राजनीतिक दलका प्रतिनिधिबीचको विवाद चर्कंदा त्यसै फर्कनुपरेको हो ।
पूरा पढ्नुहोस्
हेलिकप्टर चढ्ने विषयमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि दुर्गम गाउँपालिका काँडाको मतपेटिका नलिई हेलिकप्टर फर्किएको छ । मतपेटिका संकलन गर्न गएको हेलिकप्टरमा आफूहरु पनि चढ्न पाउनुपर्ने माग दलका मतदान प्रतिनिधिले राखेका थिए ।
पूरा पढ्नुहोस्
एक व्यक्तिको मत अर्काेले हाल्न नपाउने व्यवस्था र यसको पालना गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कडाई गर्ने भने पनि त्यसो भएन । महिलाको मत पुरुषले हाल्ने पुरानै चलनको निरन्तरता दिदै अधिकांश महिलाको मत पुरुषले नै हालेको स्थानीयले बताएका छन् ।
पूरा पढ्नुहोस्
बझाङमा जारी मतदानमा ३ बजेर ४० मिनेट जाँदासम्म जिल्लाभर ५० प्रतिशतले मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्