बलराम बानियाँ का लेखहरु

कैलाली जिल्लामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा सबभन्दा चर्चित उम्मेदवार बनेकी छन् । विपक्षीले ‘टुरिस्ट’ उम्मेदवारको संज्ञा दिएपछि प्रचारकै क्रममा धनगढीमा ३ करोड रुपैयाँको घर किनेका कारण उनी चर्चित बनेकी हुन् ।
पूरा पढ्नुहोस्
७५० मेगावाट क्षमताको बहुचर्चित जलाशययुक्त पश्चिम सेती विद्युत् आयोजना निर्माण गर्न विद्युत् प्राधिकरण र चीनको ‘चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन’ बीच बिहीबार सम्झौता भएको छ । थ्री गर्जेज र प्राधिकरणले नेपालमा संयुक्त कम्पनी स्थापना गरी १ खर्ब ८० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पश्चिम सेती आयोजना निर्माण गर्नेछन् ।
पूरा पढ्नुहोस्
प्रदेश ७ को तराईस्थित सबभन्दा पश्चिमी जिल्ला कञ्चनपुरमा आगामी मंंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।
पूरा पढ्नुहोस्
सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले दिपायललाई प्रदेशको राजधानी बनाएरै छाड्ने एजेन्डा अघि सारेका हुन् ।
पूरा पढ्नुहोस्
मुलुककै ‘गरिब जिल्ला’ बाजुरामा प्रमुख दलले भोकमरीको अन्त्य, सडकको पहुँच विस्तार र गुणस्तरीय शिक्षालाई मुख्य चुनावी मुद्दा बनाएका छन् ।
पूरा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा लोकतान्त्रिक र वाम गठबन्धनबीच कडा टक्कर हुने देखिन्छ । मंसिर १० मा हुने प्रतिनिधिसभाको एक सिट र प्रदेशसभाका २ सिटमा कसले जित्छ भन्न सकिने अवस्था नरहेको विश्लेषण गरिँदै छ ।
पूरा पढ्नुहोस्
उत्तरी हिमाली जिल्ला बझाङमा आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा जिल्लाबाट रसुवागढी–केरुङ नाकाजस्तै चीनसित अन्तर्राष्ट्रिय व्यापारिक नाका तत्काल खोल्ने प्रमुख चुनावी मुद्दा बनेको छ । बझाङको उरै भन्ज्याङसँग जोडिएको तिब्बतको ताक्लाकोट पुरानो व्यापारिक नाका हो । सडक सञ्जाल नभएका कारण यो नाका खुल्न सकेको छैन ।
पूरा पढ्नुहोस्