फातिमा बानु का लेखहरु

१६ वर्षअघि घरबाट भागेर राजधानी छिरेका मंगल माझी (नाम परिवर्तन) नागरिकता नभएकाले पहिचानविहीन भएका छन् । लामो समयसम्म सडकमा भौतारिएपछि बालगृहको संरक्षण लिएको उनले बताए । ‘बालगृहमै हुर्किएँ, पढें तर मेरो आफ्नो पहिचान छैन,’ उनले भने ।
पूरा पढ्नुहोस्
एन्टिबायोटिक औषधिको गलत प्रयोगले स्वास्थ्यमा पार्ने असर थाहा नहुँदा ती जथाभाबी प्रयोग हुन थालेको चिकित्सकहरूले बताएका छन् । शरीरमा विभिन्न किसिमका सूक्ष्म जीवाणु (ब्याक्टेरिया) मार्न र संक्रमण न्यूनीकरण गर्न एन्टिबायोटिकको प्रयोग गरिन्छ ।
पूरा पढ्नुहोस्
राष्ट्रिय महिला आयोगले हिंसापिडित महिला र बालिकाको उजुरी सुन्न २४ घण्टा सेवा दिने आन्तरिक तयारी पूरा गरेको छ । आयोगले विश्व बैंकको आर्थिक सहयोगमा यो परियोजना संञ्चालन गर्न लागिएको हो ।
पूरा पढ्नुहोस्
सुर्तीजन्य पदार्थको नियन्त्रणमा अग्रसर र बलियो कानुन बनाएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाल पुरस्कृत भएको छ । तर, नियम मिचेर सुर्तीजन्य पदार्थको बिक्री भने रोकिन सकेको छैन ।
पूरा पढ्नुहोस्
राजधानीका सरकारी अस्पतालको आकस्मिक कक्षमा सधंै बेड अभाव भइरहन्छ । उपत्यका बाहिरका अस्पतालमा सबै सेवा र विशेषज्ञ डाक्टर नहुनुका कारण बिरामीलाई राजधानीका अस्पताल धाउनुपर्ने बाध्यता छ ।
पूरा पढ्नुहोस्
राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सीलमा नागरिकताबाट बञ्चित नेपालीहरूको व्यथा समेटिएको तीन दिने फोटो प्रदर्शनी सुरु भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले प्रदर्शनीको उद्घाटन गरेका हुन् ।
पूरा पढ्नुहोस्