प्रदीप मेन्याङ्बो का लेखहरु

कान नसुन्ने विद्यार्थी पढ्ने पूर्वको एकमात्र विद्यालय पूर्वाञ्चल बहिरा विद्यालयले पुनर्जीवन पाउन थालेको छ । अमेरिकी दाताले एकमुष्ट नगद ५९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि त्यसले धरान–१६ जनपथमा १७ धुर जग्गा किनेर भवन निर्माणको तयारी सुरु भएपछि विद्यालयले पुनर्जीवन पाएको हो ।
पूरा पढ्नुहोस्
बलात्कार गरेर फरार रहेको ३० वर्षपछि प्रहरीले एकजनालाई आइतबार पक्राउ गरेको छ । ०४४ सालमा धरान–१६ बस्ने एक महिलालाई जबर्जस्ती बलात्कार गरेर फरार रहेका धरान–१० बस्ने लालु भनिने ५० वर्षीय ललित राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए ।
पूरा पढ्नुहोस्
नवजात शिशु जन्माएर छाडी भाग्ने २५ बर्षीया आमालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको निर्वाण कन्ट्री क्लव तथा गल्फ कोर्ष जाने बाटोको नालीमा छोरी जन्माए पछि छाडेर भाग्दै गर्दा उनी पक्राउ परेकी हुन् ।
पूरा पढ्नुहोस्
मोरङको बेतना सिमसार सडकखण्डमा ना ५ ख ८५०१ नम्बरको बसले बा २ ख ७१८५ नम्बरको ट्रिपरलाई पछाडिबाट ठक्कर दिँदा शनिबार विहान धरान १५ बाझगरा बस्ने एक वृद्धको मृत्यु भएको छ । सडक दुर्घट्नामा धरान १५ बाझगरा वस्ने ७७ वर्षीय भिमवहादुर लिङदेन लिम्वूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
आँपको सिजन सुरु हुन अझै केही साता बाँकी छ । तर बजारमा पहेंलै पाकेका आँप धमाधाम बिक्री भइरहेका छन् । हाल बजारमा पाइने आँप भारतीय बजारबाट भित्र्याइएका हुन् । ती आँप ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरेर पकाइएको हो ।
पूरा पढ्नुहोस्
सडक फराकिलो पार्न धरान उपमहानगरपालिकाका पुरानो बजार (वडा १, २, र ३) बस्ने करिब २ सय घर धनीले आफ्ना घर भत्काउन थालेका छन् । आधुनिक सहरको परिकल्पना साकार बनाउन स्थानीय समुदाय आफैंले सडकमा पर्ने घर भत्काएर धरान उपमहानगरपालिका र भवन विभागलाई सहयोग गरिरहेका छन् ।
पूरा पढ्नुहोस्