प्रकाश पन्थी का लेखहरु

बाढी र पहिरोबाट घरबार गुमाएका तराईवासीलाई राहत दिन जापानमा संकलित रकममध्ये मंगलबारसम्म २ लाख ८१ हजार जापानीयान पठाइएको छ । राहतका लागि सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिले संकलन गरेको रकममध्ये २ लाख ८१ हजार १ सय ५३ जापानीयान बाढी र पहिरोपीडितसम्म पुग्ने गरी मंगलबार पठाइएको हो ।
पूरा पढ्नुहोस्
स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले भदौ १० र ११ मा टोकियोको उएनोपार्कमा १०औं नेपाल फेस्टवलको हुने भएको छ ।
पूरा पढ्नुहोस्
दुई सातापछि जापानमा हुने फुटबल क्याम्पका लागि नेपाली राष्ट्रिय फुटबल टोली यहाँ आउने भएको छ।
पूरा पढ्नुहोस्
तीनसाताअघि भिषण वर्षा र बाढीका कारण घरबार बिहीन भएर अलपत्र परेका जापानको दक्षिण क्षेत्र फुकुओकास्थित आशाकुरा क्षेत्रका बासिन्दालाई जापानबासी नेपालीले आर्थिक सहयोग गरेका छन् । घरबार गुमाएर अलपत्र परेका जापानी नागरिकलाई फुकुओका नेपाल सोसाईटी तथा गैरआवासीय नेपाली सघं (एनआरएनए) जापान क्युशु ले संयुक्तरूपमा १ लाख २० हजार यान नगद सहयोग गरेका हुन् ।
पूरा पढ्नुहोस्
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानअन्तर्गतको क्युसु क्षेत्रीय अधिवेशनले लक्ष्मण बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न अधिवेशनबाट चयन भएको समिति वरिष्ठ उपसंयोजक, उपसंयोजकमा देवराज उप्रेती, नवराज गौतम र शुपेन्द्र घिमिरे चयन भएका छन् ।
पूरा पढ्नुहोस्
एसियाली विकास बैंक (एडीबी) को वार्षिक बैठकमा सहभागी हुन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको नेपाली प्रमण्डल जापानमा आइपुगेको छ । ऋण दिएर विकास कार्यक्रममार्फत नेपाललाई सघाउँदै आएको प्रमुख दातृ निकायको नियमित बैठकमा सहभागी हुन उक्त समूह जापान आइपुगेको हो ।
पूरा पढ्नुहोस्