पोखरा ब्युरो का लेखहरु

पर्वतको फलेवास–४ मुडिकुवाकी सरस्वती गौंडेललाई ५ सय ५० रुपैयाँमा दसैं मनाएको सम्झना ताजै छ । ‘साल ठ्याक्कै याद भएन, कुश्मामा गाडी आइसकेको थियो,’ उनले भनिन्, ‘चार सयका लुगाफाटो किनेर बाँकी डेढ सयले घरखर्चका सामान पुगेको थियो ।’
पूरा पढ्नुहोस्
१० वर्षे सशस्त्र द्वन्द्वका बेला सरकार तथा माओवादी पक्षबाट थुप्रै बेपत्ता पारिए । उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ । राज्य तथा माओवादीले पनि अवस्थाबारे केही बताएका छैनन् । मुलुक शान्ति प्रक्रियामा पुगेको दशक बिते पनि बेपत्ताको अवस्था सार्वजनिक नहुादा र राज्यले पीडितलाई कुनै पनि क्षतिपूर्ति नदिँदा पीडित झनै पीडामा छन् ।
पूरा पढ्नुहोस्
२० वर्षपछि सम्पन्न स्थानीय चुनावले विकासमा आमूल परिवर्तन हुने सर्वसाधारणको अपेक्षा छ। नवनिर्वाचित जनप्रतिनिधिमा पनि निकै जोस, जाँगर र उत्साह देखिन्छ।
पूरा पढ्नुहोस्
हिउँदभर गाडी चल्ने गोरखाका ग्रामीण सडक वर्षा लागेपछि सुनसानजस्तै हुन्छन्। जिल्लाका ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडकमा यतिखेर गाडी त परैजाओस्, मानिससमेत हिँड्डुल गर्न अप्ठेरो हुन्छ। नालासमेत नभएका अधिकांश कच्ची सडक हिउँदभर मर्मत हुन्छन्। गाडी चल्छन् पनि। जब वर्षायाम लाग्छ, कच्ची ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डीमय हुन्छन् अनि गाडी नै चल्न नसक्ने बन्छन्।
पूरा पढ्नुहोस्
स्थानीय तह चुनावमा सहकार्य गरी अघि बढ्ने सहमति गरेका गुल्मीका एमाले र माओवादीलाई उम्मेदवार चयनमा अप्ठयारो परेको छ । लामो चरणको छलफल र वार्तापछि दुवै पार्टी सहकार्य सहमत भएका थिए । कार्यकर्तास्तरबाट आएको सहकार्यको विरोध र आकांक्षी बढी भएकाले पनि दललाई सर्वसम्मत उम्मेदवार तयार गर्न हम्मे परेको हो ।
पूरा पढ्नुहोस्
स्थानीय तहको चुनावमा मनोनयन दर्ता गर्ने मिति संघारमै आइपुग्दा पनि कास्कीका दल भने अझै उम्मेदवार सिफारिसमै अल्झिरहेका छन् । एउटा महानगर, चार गाउँपालिका र तिनका वडामा सर्वसम्मत चयन गर्न नसक्दा एकभन्दा बढी उम्मदेवार सिफारिस गर्नमै प्रमुख पार्टी सीमित छन् । दलले उम्मेदवारको टुंगो नलगाउँदा चुनाव प्रचारका गतिविधि प्रभावित भएका छन् ।
पूरा पढ्नुहोस्