नवीन रायमाझी का लेखहरु

अमेरिका र अमेरिकासँग सम्बन्धित प्राय सबै कुरामा नेपाली समाज अत्यन्तै उदार र उत्सुक छ । भिसा पाएको समयदेखि नै बधाई नभन्ने कोहि हुँदैन, यद्यपी त्यो बधाईमा नेपालमा हुनेहरुले लौ यो पनि जाने भयो भन्ने इर्ष्या र अमेरिकामा हुनेहरुले लौ यो पनि आउने भयो भनेर कुनै सहयोग गर्नु पर्ला कि भन्ने डर वा पहिले आफुले आफ्नो बारेमा बढाईचढाई लगाएको गफ थाहा पाउने भयो भन्ने त्रास मिसिएको भने हुन्छ नै ।
पूरा पढ्नुहोस्
सुरुमै सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु कि मेरो आसय कसैको पेशा वा कुनै व्यक्तिको मानमर्दन गर्ने होइन । देश छाडेर हजारौ माइल टाढा अर्काको देशमा आफ्नो सुखद भबिश्यको लागि संघर्ष गरिरहेका हामीहरुले आफुलाई परिचय गराउँदा जे काम गरिरहेका छौं त्यो नै भनेर परिचय गर्नुपर्छ भन्ने वा आफु जे पेशामा छौं अर्थात् आफ्नो रोजी रोटीलाई इज्जत गर्नुपर्छ भन्ने मात्र हो ।
पूरा पढ्नुहोस्
आज माता तिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन, अर्को अर्थमा बर्षमा एक दिन मात्र भए पनि आमालाई मिठो चोखो खान दिएर सेवा गर्ने दिन । तर, सन्तानको मुहारमा खुशी देखेर नै खुशी हुने आमाको मुख हेर्ने दिनको के बिशेषता छ, त्यो संस्कृतिविदहरुलाई जानकारी होला । आजकाल यो दिनलाई आफु आधुनिक भएको प्रदर्शन गर्न धेरैले 'ह्याप्पी मदर डे' भन्ने पनि गर्छन् ।
पूरा पढ्नुहोस्
म अमेरिका आएको लगभग एक बर्ष पुग्न लाग्यो, म अमेरिकाको बारेमा जानकार व्यक्ति होइन तर विभिन्न अनलाइन पोर्टलमा समय समयमा अमेरिका र अरु देशमा बसोबास गरेका नेपालीहरुले आफू बसोबास गरेको देशको नकारात्मक कुरा मात्र लेखेको देखेर केही पंक्ति कोर्ने दुस्साहस गरेको हुँ । बिश्वको एउटा अति गरिव देशबाट बिश्व कै सबैभन्दा बिकसित देशमा आउन पाउनुलाई मैले व्यक्तिगत रुपमा सुवर्ण मौका ठानेको छु ।
पूरा पढ्नुहोस्