दीपेन्द्र विष्ट का लेखहरु

मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण सुरु भएको छ । सुरुङमार्गपछि पानी प्रशोधन केन्द्र आयोजनाको दोस्रो ठूलो भौतिक संरचना हो ।
पूरा पढ्नुहोस्
सरकारले मध्यपहाडी लोकमार्गमा विकास भइरहेका १० नयाँ सहरबारे थप अध्ययन गर्ने तयारी गरेको छ । नयाँ स्थानीय तहअनुसार सहरको क्षेत्रफल विस्तार भएकाले ती सहरका भौतिक पूर्वाधारबारे थप अध्ययन गर्ने तयारी गरेको हो ।
पूरा पढ्नुहोस्
व्यवस्थापिका संसद्को विकास समितिले ‘काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तत्काल पेस गर्न निर्देशन दिएको छ । डीपीआर प्रतिवेदनबारे सर्वसाधारणमा आशंका उब्जेको भन्दै तत्काल त्यसबारे विवरण पेस गर्न समितिले रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।
पूरा पढ्नुहोस्
सवारी भाडा बढाउने विषयमा यातायात व्यवसायीको सरकारसँग ‘बार्गेनिङ’ नमिलेपछि दशैंका लागि अग्रिम ‘टिकट बुकिङ’ खुल्न सकेको छैन । दसैंको मुखमा व्यवसायीले अनुचित माग राखेपछि विहीबार खोल्ने भनिएको अग्रिम टिकट बुकिङ खुल्न नसकेको हो ।
पूरा पढ्नुहोस्
संसदको विकास समितिले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानबापत लिइने शुल्क पारदर्शी नभएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग ७ दिनभित्र लिखित जवाफ मागेको छ । समितिको बुधबार बसेको बैठकले इम्बोस्ड नम्बर छनोट प्रक्रियासमेत ठीक नभएको भन्दै त्यसबारे समेत स्पष्ट प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
पूरा पढ्नुहोस्
प्रमुख दलका सांसदहरु उम्मेद्वार अस्वीकार गर्ने ‘नो भोट’ पद्धतिको विपक्षमा उभिएका छन् । लोकतन्त्र संस्थागत नहुँदै उम्मेद्वार अस्वीकार गर्ने प्रावधान राख्दा झन् गन्जागोल हुने उनीहरुको धारणा छ । संसदको राज्य व्यवस्थापिका समितिको बैठकमा प्रमुख दलका सांसदहरुले तत्कालका लागि ‘नो भोट’ सान्दर्भिक नभएको जिकिर गरे ।
पूरा पढ्नुहोस्