दीपेन्द्र बडुवाल का लेखहरु

२ नम्बर प्रदेशका स्थानीय तह उम्मेदवारले गर्ने प्रतिबद्धतामा मध्यतराईका नगरलाई ‘स्मार्ट सिटी’ बनाउने आश्वासन टुट्दैन । सहरी विकास मन्त्रालयले पनि केही नगरलाई ‘स्मार्ट’ बनाउने घोषणा गरेको छ ।
पूरा पढ्नुहोस्
सहरी विकास मन्त्रालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिकालाई ‘स्मार्ट सिटी’ योजनामा पारेको छ । सहरी विकासमन्त्री प्रभु साहले रौतहटको चन्द्रपुरसँगै यस नगरलाई उक्त योजनामा समेटिएको जनाए ।
पूरा पढ्नुहोस्
सदरमुकामको भरतचोक कुनै बेला मधेस आन्दोलनको केन्द्र थियो । तिनताका यहाँ काला झन्डा फहराउँथे । अहिले भने यो चोक सबै दलका प्रचार सामग्री, तुल, ब्यानर र पोस्टरले छपक्कै छ । रंगीबिरंगी झन्डाले भरिएको छ । आसपासका घर र बिजुलीका पोलमा पनि झन्डा मात्रै छन् । चोक अहिले चुनावमय छ ।
पूरा पढ्नुहोस्
महागढीमाई नगरपालिका–२ र ७ वडामा बाँडिएको मुसहर बस्तीका समस्या सुनाइरहनै पर्दैन, झुपडीभित्र र सामुन्ने प्रस्टै देखिन्छन् । चर्को घामले होला, आइतबार केही बासिन्दा बाँस र निमका बोटमुनि एकत्रित थिए ।
पूरा पढ्नुहोस्
आदर्शकोतवाल गाउँपालिका–५ का प्रत्येक घरमा विभिन्न दलका झन्डा फहराइरहेका छन् । यहाँ धेरै घर फुसका छन् । झुरुप्प घर सामुन्ने केटाकेटी र महिला बढी देखिन्छन् ।
पूरा पढ्नुहोस्
प्रदेश २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै यहाँका घरघरमा चुनाव लागेको छ । उम्मेदवार र अगुवा कार्यकर्ता जित सुनिश्चित गर्न घरदैलोमा व्यस्त छन् ।
पूरा पढ्नुहोस्