तस्बिर : हेमन्त श्रेष्ठ का लेखहरु

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । खेल सम्भव हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् । यस नतिजासँगै नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको छ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल सम्भव हुन सकेन ।
पूरा पढ्नुहोस्
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ । पराजयसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग सक्किएको छ । शुक्रबार हङकङस्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा हङकङले नेपालमाथि ८३ रनको जित निकाल्यो ।
पूरा पढ्नुहोस्
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध हुने खेलमा नेपालसँग जित बाहेक अर्को विकल्प नरहेको कप्तान पारस खड्काले बताएका छन् । ५० ओभरको दुई खेल खेल्न नेपाली टोली बुधबार बिहान हङकङ आइपुगेसँगै कप्तान पारसले यस्तो बताएका हुन् ।
पूरा पढ्नुहोस्
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।
पूरा पढ्नुहोस्
सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरिसकेको मीनबहादुर शेरचनको ८६ वर्षको उमेरमा सगरमाथा पुन: आरोहण गर्न जाने क्रममा आधार शिविरमा निधन भयो । धेरैले उनी सगरमाथा चढेर विश्व कै पाका आरोही बनेर फर्किने आशा गरेका थिए तर उनको त्यो सपना भने अधुरै रह्यो ।
पूरा पढ्नुहोस्
मध्यपुरथिमि नगरमा मनाइने बिस्केट जात्रा अन्तर्गत ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथ: सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिवासीले प्रत्येक वर्ष वैशाख २ मा विभिन्न देवी–देवताको ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाउने परम्परा छ । केही वर्षअघि सम्म ३२ खट नगरपरिक्रमा गराउने भने पनि यस वर्ष २६ वटामात्र रहेको स्थानीयले जनाएका छन् ।
पूरा पढ्नुहोस्