तस्बिर : हेमन्त श्रेष्ठ का लेखहरु

मध्यपुरथिमि नगरमा मनाइने बिस्केट जात्रा अन्तर्गत ३२ खटसहितको सिन्दुर जात्रा अर्थात सुथ: सिया जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिवासीले प्रत्येक वर्ष वैशाख २ मा विभिन्न देवी–देवताको ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाउने परम्परा छ । केही वर्षअघि सम्म ३२ खट नगरपरिक्रमा गराउने भने पनि यस वर्ष २६ वटामात्र रहेको स्थानीयले जनाएका छन् ।
पूरा पढ्नुहोस्
भारतका नवनियुक्त राजदूत मन्जिभ सिंह पुरी शनिबार काठमाडौं आइपुगेका छन् । उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने छन् ।
पूरा पढ्नुहोस्
काठमाडाैंबाट केही किलाेमिटर दक्षिणमा अवस्थित टाैदह हिउँदमा बसाइँसराई गरी अाउने पंक्षीहरुकाे बासस्थानमा पर्दछ । तर विगतका केही वर्ष यता त्यहाँ अाउने पंक्षीहरुकाे संख्या घट्दाे छ । बुधबार बिहान सूर्याेदयसँगै चराहरुकाे तस्बिर कैद गर्न पुग्दा त्यहाँ निकै न्यून संख्यामा मात्रै चराहरु देखिए ।
पूरा पढ्नुहोस्
सातगाउँका बासिन्दाले हर्षोल्लासका साथ मनाउने बखुमल: न्हय्गा: (सात गाउँले) जात्रा शनिबार सम्पन्न भएको छ । सातै गाउँका गुठीका देवता पूजा गरी यस वर्षको जात्रा सम्पन्न भएको हो । जात्रा काठमाडौं–दक्षिण पश्चिममा पर्ने मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुंगल, कीर्तिपुर, पाँगा र नगाउँका बासिन्दाले बनाउने गर्छन् ।
पूरा पढ्नुहोस्
आज चन्द्रमा १४ प्रतिसत ठुलो र ३० प्रतिसत चम्किलो देखिएको छ । झन्डै ७० वर्ष पछि पृथ्वीबाट चन्द्रमा यति ठुलो र चम्किलो देखिएको हो । यसलाई ‘सुपर मुन’ भनिन्छ ।
पूरा पढ्नुहोस्