तस्बिर : इलिट जोशी का लेखहरु

पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज सतबीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहीबारदेखि नै पशुपतिमा भीड लागेको थियो ।
पूरा पढ्नुहोस्
बलम्बु गछेँका सन्देश श्रेष्ठले सोमबार दिनभर जुत्ता लगाएनन् । उनका साथीहरू लाछी टोलका सुशील नकर्मी, पिंगलका विवेक नकर्मीलगायत रथ बोक्ने ५० युवा पनि खाली खुट्टा थिए । खाली खुट्टा रथ बोक्नु बलम्बुको महालक्ष्मी जात्राको विषेशता हो । पहिला उपत्यकामा हुने जात्रा पर्वमा देवताको काममा जुत्ता र छालाको सामान प्रयोग गर्नबाट कडा बन्देज थियो ।
पूरा पढ्नुहोस्
काठमाडौंको खोकनामा अहिले धमाधम धान भित्र्याउनेको चटारो परेको छ । चाडवाड सकिएपछि कृषकहरु अहिले खेतमा भेटिन्छन् । किसानले वर्षभरी खान र नगदका लागि धान बाली लगाउँदै आएका छन् ।
पूरा पढ्नुहोस्
नेपाल संवत् ११३८ को उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा भिन्तुना र्‍यालीको आयोजना गरियो । विभिन्न स‌ंघ संस्थाको आयोजनामा निकालिएको र्‍यालीमा सहभागीहरुले वसन्तपुर दरबार क्षेत्र परिक्रममा गरेका थिए । र्‍यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता थियो ।
पूरा पढ्नुहोस्
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार साँझ देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मी पूजाको दिन घर, पसल झिलिमिलि पार्न फूलमाला व्यापार सहरबजारमा अरु दिनको तुलनामा धेरै हुने गरेको छ ।
पूरा पढ्नुहोस्
पूर्व कुमारी मतिना शाक्य सोमबार बिहान सेतो सर्ट र हरियो फ्रकमा ठाँटिएर स्कुल निस्किइन् । उनलाई स्कुल पुर्‍याउँदै थिए थिए- बुबा र दिदी । सोमबारदेखि स्कुल जान थालेकी उनी भोटेबहालस्थित ग्रीन पिस स्कुलमा पढ्दै छिन् । उनी कक्षा सातको बी सेक्सनमा पढ्दै छिन् ।
पूरा पढ्नुहोस्