डा. ललित कुमार मिश्र का लेखहरु

कतै तपाईंको चोरी गर्ने बानी त छैनरु चोरी गर्ने बानी एक किसिमको मानसिक रोग हो । यस रोगबाट पीडित रोगी साधारण चोरको जस्तो समाजकोलागी खतरा या घातक हुँदैनन् । किनभने ऊ कुनै व्याक्तिगत फाईदा या जीवनयापनको लागि भनेर चोरी गर्दैन ।
पूरा पढ्नुहोस्
हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ। तर जाडोमा धेरैजसो मानिसहरुको ब्लडप्रेसर अचानक बढन जानन्छ । यस अवस्थामा टाउकोदुख्नु, नाकबाट रगतआउनु, आँखाले धमिलो देख्नु, छाती कस्सिएको अनुभव हुनु , छातीदुख्नु, स्वाँसको गति तीब्र हुनु आदि समस्याहरु हुनसक्छ । धैरेजसोलाई त थाहा नै हुँदैन कि मेरो ब्लडप्रेसर बढेको छ, सामान्य छैन, कारण उनीहरुमा ब्लडप्रेसरको लक्षण नै देखापर्दैन ।
पूरा पढ्नुहोस्
आँखाको बिभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । आँखा रातो हुनु , आँशु बग्नु, आँखाको ढकनी सुन्निनु, कचिरा लाग्नु आदि आँखा पाक्ने संकेत हुन् । बोलीचालीको भाषामा यसो हुनु भनेको आँखाको रोगी भएको सूचक हो । यसलाई चिकित्साको भाषामा 'कन्जक्टीवाईटिस्' भनिन्छ । 'कन्जक्टीवाईटिस्' एक प्रकारको वायरल इन्फेक्सन हो । जुन कहिले काहिं ब्याक्टेरियाको कारणले पनि हुन सक्छ । यसलाई आम भाषामा आँखा पाक्नु भनिन्छ । यो एक संक्रामक रोग हो ।
पूरा पढ्नुहोस्
पक्षाघात स्नायु प्रणालीसगं सम्बन्धित एउटा कष्टदायक रोग हो । मस्तिष्कको कुनै भागमा रक्तप्रवाह हुन नसकेमा त्यो भाग निस्क्रिय हुन्छ । त्यस भागले नियन्त्र गर्ने शरीरको अगं समेत निस्क्रिय हुन्छ । त्यसलाई पक्षाघात र अंग्रेजी भाषामा प्यारलाईसीस भनिन्छ ।
पूरा पढ्नुहोस्
आधुनिक जीवनमा टन्सीलाईटीस अर्थात घाँटीको समस्याले प्राय: जसो घरका एक सदस्य खासगरी केटा-केटिहरुलाई बेलाबखतमा दुख: दिइरहेको हुन्छ । टन्सील शरीरको रोग प्रतिरोधात्मक प्रणालीको एक महत्वपूर्ण हिस्सा हो । जसले नाक र मुखबाट पसेका किटाणुहरुलाई नष्टगर्ने काम गर्दछ अर्थात यसले द्वारपालको काम गर्दछ भन्दा अतियुक्ती न होला ।
पूरा पढ्नुहोस्
हाम्रो शरीर भित्र कुनैपनि बाहिरी तत्वकोप्रवेश गर्दा त्यसको विरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिकृया देखाउने गर्दछ । एलर्जी एकप्रकारको असमान्य प्रतिक्रिया हो । जुन प्रतिक्रिया छालामा देखीने गर्दछ, यसलाई एलर्जी भन्छन् ।
पूरा पढ्नुहोस्