ठाकुरसिंह थारु का लेखहरु

मध्यपश्चिमका सुरक्षा अधिकारीहरूले आसन्न चुनावमा तराईका जिल्लामा मधेसी मोर्चाको आन्दोलन चुनौती बनेको निष्कर्ष निकालेका छन् । पहाडी जिल्लामा भने सुरक्षा चुनौती खासै नरहेको उनीहरूको तर्क छ । तर, भौगोलिक विकटताका कारण निर्वाचन सामग्री पुर्‍याउन समस्या हुन सक्ने औंल्याइएको छ ।
पूरा पढ्नुहोस्
उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न आवश्यक पर्ने संबैधानिक प्रकृया सुरु गरिसकेको बताएका छन् । उनले नेपाली सेना परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद् र मन्त्री परिषद्को निर्णय आवश्यक पर्ने बताए ।
पूरा पढ्नुहोस्
लामो कानुनी लडाईपछि बागेश्वरी २ खजुराकी १९ बर्षीया रुथ घर्ति मगरले आमाको नामबाट नेपाली नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालयबाट मंगलबार नागरिता पाएपछि उनी खुसीले दंग परिन । आफ्नो नामबाट छोरीलाई नागरिकता दिलाउन पाएकोमा आमा कमला पनि खुसी थिइन ।
पूरा पढ्नुहोस्
राप्ती पारीको राप्तीसोनारी गाउँपालिका–७ अन्तर्गत पर्ने बसन्तापुर गाउँमा आगलागी हुँदा १० घर गोठ जलेर नष्ट भएका छन् । गाउँबाट फैलिएको आगोले गहुँको थुप्रो र दुईवटा बाख्रासमेत जलेका छन् । आइतबार दिउँसो आगलागी भएको स्थानीयले बताए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकप्रसाद राईले आगलागी नियन्त्रणको प्रयास भइरहेको बताए ।
पूरा पढ्नुहोस्
वारीपारी घोडदौडिहा नाम गरेका दुई गाउँ छन् । वारीका नेपाली हुन । पारीको भारतीय बस्ती हो । तर, नेपाल(भारत सीमा छुट्याउने दशगजा भने यहाँ देखिदैन । स्थानीयहरु दशगजालाई आंगनका रुपमा प्रयोग गरेका छन् । पश्ुचौपाया त्यही राख्छन् ।
पूरा पढ्नुहोस्
अविवाहित आमाले जन्माएर छाडेको एक महिने शिशुले अभिभावक पाएका छन् । अविवाहित भएका कारण जन्म दिएर पनि आफूसँग राख्न नसक्ने भन्दै ती महिलाले शिशुलाई छाडेर गएकी हुन् । नेपालगन्ज २० मनिकापुरका देवराज गोडिया र पत्नी सीताले संरक्षण शिशुलाई दिने भनेपछि महिला तथा बालवालिका कार्यालयले सोमबार जिम्मा लगाएको हो ।
पूरा पढ्नुहोस्