टीकाप्रसाद भट्ट का लेखहरु

एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश र केन्द्रको निर्वाचन पछि मात्रै संविधान संशोधनको कुरा गर्न सकिने बताएका छन् । अहिले कसरी हुन्छ निर्वाचन सम्पन्न गर्ने समय भएकाले संविधान संशोधनको काम गर्न नसकिने नेपालले बताए ।
पूरा पढ्नुहोस्
बाढीपीडितलाई राहत दिने नाममा बिनाकार्यविधि रामेछापको लिखु गाउँपालिकाले पहिलो गाउँपालिका सभाबाट विनियोजित रकमको दोब्बरभन्दा बढी रकम वितरण गर्ने निर्णय गरेको छ ।
पूरा पढ्नुहोस्
रामेछापको गोकुलगंगा गाउँपालिका ५ नामाडिमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । घटनामा थप एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बेलुका घाँस बोकेर आउँदै गर्दा घाँसले विद्युत् पोलमा छोएपछि करेन्ट लाग्दा स्थानीय कृष्णबहादुर खड्का र शर्मिला खड्काको ज्यान गएको हो ।
पूरा पढ्नुहोस्
शनिबार रातिको बाढीमा परेर हराइरहेका खिम्तीका तीन जनाको अझै अत्तोपत्तो लागेको छेन । आइतबार विहानैदेखि खोजि कार्यमा खटिएका सुरक्षाकर्मी र स्थानीयले मंगलबार मध्यान्हसम्म वेपत्ताको कुनै भेउ पाउन नसकेको हो ।
पूरा पढ्नुहोस्
नक्कली डीआईजी बनेर जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता भएको मुद्धाका विषयमा प्रहरी प्रमुखलाई आदेश दिने एकजना पूर्व प्रहरी पक्राउ परेका छन् ।
पूरा पढ्नुहोस्
लिखु गाउँपालिका ६ खिम्तीमा शनिबार मध्यराति आएको बाढीले २ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । मृत्यु भएकामा खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्री र मन्थली नगरपालिका १२ का ४० वर्षीय वासुदेव कार्की छन् । कार्की रोपाइँका लागि त्यहाँ पुगेका थिए ।
पूरा पढ्नुहोस्
रामेछापको लिखु गाउँपालिका ७ खिम्तीमा शनिबार राति आएको बाढीले बगाएर १ जनाको ज्यान गएको छ भने ४ जना वेपत्ता भएका छन् । बाढीबाट ६ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकमा स्थानीय ७५ वर्षीया बालकुमारी खत्री रहेकी छन् । घाइतेका उद्धारका लागि हेलिकप्टर मगाइएको छ ।
पूरा पढ्नुहोस्