जीवन क्षेत्री का लेखहरु

यसपल्टको साहित्य महोत्सवमा भाग लिएपछि पोखराबाट चितवन फर्कन मैले अलि अनौठो बाटो रोजें । त्यहाँबाट पर्वत सदरमुकाम कुष्मा पुगेपछि त्यहाँदेखि बुटवलसम्म पैदल पुगें । सडकमार्ग त्यस्तै २२० किलोमिटर रहेकोमा मैले पहाडको अर्कै फेरो लगाएर कम्तीमा २०० किमि हिँडेछु । हाम्रा बाबुबाजेले वर्षको एकपल्ट नुन, मट्टितेल र लुगाफाटो किन्नलाई धाउने गरेको बाटो थियो त्यो ।
पूरा पढ्नुहोस्
अचानक फोन आयो, एमाले र माओवादीका १५७ जना सांसदहरु मिलेर लोकमानविरुद्ध महाभियोगको प्रस्ताव दर्ता मात्र गरेनन्, उनलाई निलम्बन गर्ने प्रक्रियासमेत पुर्याइयो भनेर । अलिकति दुख र धेरै खुशी लाग्यो । दुख यस अर्थमा कि विगत महिना दिनसम्म पैताला खियाएर महाभियोगको प्रक्रिया शुरु गर्न पाँच जना सांसद जुटाएको काम लागेन । खुशी लाग्नु त स्वभाविक नै थियो, महाभियोगको प्रक्रिया शुरु भएको मात्र नभई लोकमान निलम्बनमै परिसकेका थिए र पार्टीहरुले जे धेरै अगाडि गर्नुपर्ने थियो, अन्ततः त्यही गरेका थिए ।
पूरा पढ्नुहोस्
कीर्तिपुरबाट उकालो लागेपछि चम्पादेवीको उचाईमा पुग्दा काठमाडौंको तुवाँलो देखियो ।
पूरा पढ्नुहोस्
बिहारको मत परिणामले नेपालका लागि चाहिँ के अर्थ राख्छ त ? नाकाबन्दीबाट रुष्ट धेरै नेपालीहरु अहिले मोदीको हारबाट पुलकित भएका छन् । तर यो मत परिणामलाई नेपाल–भारत सम्बन्धको तत्कालीन उतार–चढावसँग मात्र जोडेर हेर्‍यो भनेचाहिँ यसले दिने अरु महत्वपूर्ण पाठहरु ओझेलमा पर्छन् । त्यसैले भारतीय चुनावको परिणामलाई त्यहींको पृष्ठभूमिसहित विश्लेषण गरेर त्यसबाट सार्थक निश्कर्ष निकाल्नु आवश्यक छ ।
पूरा पढ्नुहोस्
नेपाली विद्यार्थीहरुले स्वदेश वा विदेशमा मेडिसिन पढ्यो भने पढाइ सकिनासाथ धेरै तलब हुने सम्मानजनक रोजगारीको ग्यारेन्टी हुन्छ । समाजमा मान र प्रतिष्ठा पनि उस्तै हुन्छ ।
पूरा पढ्नुहोस्
जीतको अवसरमा खुशी साट्नेहरु धेरै हुन्छन् तर तीमध्ये धेरैको त्यही खुशी साट्ने प्रक्रियामा पनि स्वार्थ लुकेको हुन्छ । सक्रिय राजनीतिमा दशकौं बिताइसकेको यहाँजस्तो मानिसलाई त्यो कुरा पक्कै थाहा होला ।
पूरा पढ्नुहोस्