जीवन क्षत्री का लेखहरु

मेडिकल शिक्षामा गुणस्तर कायम गरेर योग्य डाक्टर बनून्, काठमाडौं र केही ठूला सहरमा मात्र स्वास्थ्य सेवा केन्द्रित नभएर तीन चौथाइ मानिस बस्ने दूरदराजसम्म सस्तो र सुलभ रूपमा उपलब्ध होस् र योग्य विद्यार्थीले चाहेको विषय न्यूनतम खर्चमा पढ्न पाऊन् भनेर हामीले अभियान चलाएको धेरै वर्ष भयो ।
पूरा पढ्नुहोस्
डा. गोविन्द केसीको एघारौं अनशन स्थगित भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा सुधारको समग्र अभियान कति सफल भनेर समीक्षा भइरहेकै बेला आएको काठमाडौंमै खारेज भइसकेको अदालतको तीन वर्ष पुरानो फैसलाका आधारमा दिइएको एमबीबीएस कार्यक्रमको सम्बन्धन सम्बन्धी समाचारले नयाँ तरंग ल्याएको छ ।
पूरा पढ्नुहोस्
केही दिनअघि डा. केसीले सही रूपमा चिकित्सा शिक्षा ऐन आउनुपर्‍यो भन्ने मुख्य मागसहित गरिरहेको आमरण अनशनप्रति कटाक्ष गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई दिएको कटाक्षपूर्ण अभिव्यक्ति बाहिर आयो ।
पूरा पढ्नुहोस्
श्वविख्यात बागी शिक्षाविद् सर केन रोबिन्सनले आधुनिक मानव जातिको साँगुरिंदो जीवनशैलीलाई यसरी चित्रण गर्छन् : हाम्रो शरीर टाउकोका लागि यस्तो स्ट्यान्डजस्तो भएको छ जसको कुल गतिविधि भनेकै टाउकोलाई बोकेर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउनु हो ।
पूरा पढ्नुहोस्
नेपालमा अनियमितता र दण्डहीनतासित जुधिरहेका अनेक क्षेत्रमध्ये सबभन्दा पारदर्शी क्षेत्र सायद मेडिकल शिक्षा हो । वार्षिक दसौं अर्ब कारोबार हुने यो क्षेत्रका यति धेरै काण्ड बाहिर आएका छन् कि कुनै बेला चिकित्सक बनाउने काममा यतिविधि घोटाला हुन्छ भनेर कल्पना पनि गर्न सकिँंदैन थियो ।
पूरा पढ्नुहोस्
लोकतान्त्रिक व्यवस्थामा न्यायालयको निर्णय वा फैसला अन्तिम मानिन्छ । त्यो मान्यताका पछाडि एउटा विश्वास लुकेको हुन्छ— जो मानिस न्यायाधीशको कुर्सीमा बसेको हुन्छ, ऊ लाभ–हानि वा आग्रह–पूर्वाग्रहको क्षुद्र घेराबाट माथि उठेर संविधानले व्याख्या गरेसम्म त्यसैअनुसार र संविधानमा ‘ग्रे एरिया’ रहेको ठाउँमा स्वविवेक र नैतिकतामा टेकेर फैसला गर्छ ।
पूरा पढ्नुहोस्